काठमाडौँ : सरकारलाई पूर्णता दिन एवं मन्त्रीहरूको नाम टुङ्गो लगाउने जिम्मा अब सत्तारूढ दलका शीर्ष नेतामा आएको छ । सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबीच बिहीबार भएका छलफलपछि यस्तो निष्कर्ष आएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरूबीच भएका औपचारिक तथा अनौपचारिक छलफलबाट मन्त्रालयको सङ्ख्या विभाजन पनि गरिएको छ ।
नेताहरूका अनुसार काँगे्रसको भागमा आठ मन्त्रालयसहित एक राज्यमन्त्री र माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा)को भागमा सात–सात मन्त्रालयसहित एक–एक राज्यमन्त्री भागमा परेको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।