NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

खेलुकदमा राजनीति हाबी हुँदासम्म ओलम्पिक सहभागितामै सिमित हुन्छः खेलकुद विज्ञ

शुक्रबार साउन १५ , २०७८
Reading Time: 1 min read
A A
खेलुकदमा राजनीति हाबी हुँदासम्म ओलम्पिक सहभागितामै सिमित हुन्छः खेलकुद विज्ञ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

शुक्रवार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा विगतजस्तै पदकबिहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन । विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सिमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । यस संस्करणमा पनि नेपाल ओलम्पिकमा सहभागिता जनाएरै सिमित हुन पुगेको छ । विगत जस्तै यस संस्करणमा पनि केहीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने बाहेक सहभागिता उपलब्धी बिहीन बन्यो । गत संस्करणकै जसरी खेलाडीको भन्दा धेरै भ्रमण गर्न जाने जम्बो टोलीको विषयले चर्चा पायो । असम्बन्धित पदाधिकारीले शयर गर्दा नेपाल ओलम्पिक कमिटी चर्को आलोचनामा परेको छ । यस पटक पनि नेपालको ओलम्पिक सहभागिता वाइल्ड कार्ड भन्दा माथि उठ्न सकेन । ओलम्पिक खेलकुदको इतिहासमा छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिष्पर्धा गर्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगीना वैद्य र दीपक बिष्ट बाहेक अन्य अघिल्लो चरण प्रवेश गरेका छैनन् । संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक बिष्टले छनोट चरण पार गरेका थिए । के सधैँ नेपालको ओलम्पिक प्रतिष्पर्धा सहभागितामै सिमित हुने हो ? खेलकुद विज्ञ सुशिल नरसिंह राणालाई सोधका छौं । न्यूज एजेन्सी नेपालले उनीसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

नेपालले ओलम्पिक प्रतिष्पर्धामा सधैँ सहभागितामै चित्त बुझाउनु पर्ने हो ?
यो आम मानिसको प्रश्न हो । नेपालले ओलम्पिक सहभागिता सधँै जनाउने गरे पनि पहिलो चरण भन्दा दोस्रो चरण पार गर्न सकेको छैन । यो संस्करणको सहभागिता पनि औपचारिकतामा सिमित भएको छ । आगामी तीन÷चार वटा ओलम्पिक पनि अझै सहभागितामा मात्रा सिमित हुनेछन् । ओलम्पिकमा सहभागी बनेर फर्किएपछि हामी सुध्रिन सकेनौं भने नेपालको सम्भावना अझै कमजोर नै छ । पुरानो सोचलाई नै हाबी हुन दिने हो भने ६ दशकको यात्रा औपचारिकतामा सिमित छ । आगामी ६ दशक पनि यस्तै हुनेछ । किनभने हाम्रो कर्मचारी तन्त्रले खेलकुद के भन्ने बुझेको छैन । अनि सरकारले जिम्मेवारी दिएर नेतृत्व गर्न आएको खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी जस्ता संस्था, जसले खेलकुद विकासका लागि खाका तयार पार्नु पर्ने हो उनीहरु राजनीतिको स्वार्थमा पनि तल्लिन छन् । जबसम्म राजनीति र स्वार्थको खेल खेलुकदमा हाबी हुन्छ परिवर्तन २० औं वर्षसम्म पनि हुँदैन । खेलकुदले छलाङ मार्न सक्दैन । अर्को आधा शताब्दीमा पनि सम्भव हुँदैन ।

खेलकुदमा राजनीति हाबी भइरहँदा खेलाडी उत्पादन क्षेत्रमा राजनीतिक व्यक्तिहरुले खेलकुद विज्ञलाई किन खेलाडी उत्पादन गर्ने जिम्मेवारी दिइँदैन ?
नेपाली खेलकुदमा धेरै विज्ञ मानिसहरु छन् । अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा र छवि बनाएका टेक्नोक्रयाट (प्राविधिक) पनि छन् । तर समस्या के छ भने सही मान्छे खेलकुद निकायमा आउन सकेका छैनन् । अहिलेकै उदाहरण हेर्ने हो भने प्रदेशबाट आउने व्यक्ति कुनै न कुनै राजनीतिक पृष्ठ भूमिको हुन्छ । उनीहरुको ध्यान पद मात्र लिने रहन्छ । त्यस्ता व्यक्तिहरुसँग खेलकुद विकास गर्नका लागि कुैन पनि योजना छैनन् । सरकार कसको छ त्यस निकटका व्यक्तिहरु नेतृत्व गर्न आउँछन् । अहिलेको सदस्य सचिव (रमेश कुमार सिलवाल) आउनु भन्दा पहिले धेरैले खेलकुद क्षेत्र बुझेको सदस्य सचिव आउने आश गरेका थिए । तर अन्तिम राजनीतिक क्षेत्रमा जसको बढी पहुँच भएको व्यक्ति थियो उ नै नेतृत्वमा आए । यस्तै नेतृत्व सरकारप्रति मात्र बफादार हुन्छ । उनीहरुको ध्यान कसरी विवाद रहित कार्यकाल सकाउनेमा मात्र ध्यान हुन्छ । उनीहरुसँग खेलकुद विकास गर्ने कुनै योजना हुँदैन । खेलकुद विकासका लागि सोच्ने फुर्सद नै हुँदैन । ओलम्पिककै कुरा गर्नु पर्दा यो वृहत क्षेत्र हो । यसमा पुग्नका लागि दीर्घकालिन योजना निकै नै अपरिहार्य छ । अहिले हाम्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको अभ्यासलाई नियाल्ने हो भने हामी दीर्घकालिन योजनमा अघि बढेको देखिँदैन । सधँै केही महिनाको तयारी र सहभागिता मात्र हुँदै आएको छ । केही महिनाको तयारीमा हामी साफ, एशियन गेम्स खेल्दै आएका छौं । तर ओलम्पिक भनेको वृहत क्षेत्र हो । यो छोटो र अल्पकालिन योजनाले सम्भव छैन । दीर्घकालिन योजना बनाएर युथ एथ्लिट्सहरुलाई अभ्यास दिलाउँदै उनीहरुको खेललाई निखार्ने हो भने मात्र नेपालको सम्भावना छ ।

यतिका विषयमा ध्यान दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले दिएको कार्यक्रममा सम्बन्धित संघ अथवा खेलकुद क्षेत्रले बुझ्न सकेको छैन । राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता अहिले नेपाल सरकारले गराउँदै आएको छ । जसमा नयाँ खेलकुदमा लाग्ने खेलाडीले सहभागिता जनाउँदै आफ्नो प्रतिभालाई प्रस्फुटन गराएका हुन्छन् । तर सम्बिन्धित संघ अथवा खेलकुद क्षेत्रले उनीहरुलको प्रदर्शनलाई कहिल्यै पनि नियाल्न सकेको छैन । साँच्चिकै प्रतिभावन खेलाडी जो खेलकुदमा केही गर्न चाहेका हुन्छन् उनीहरु प्रति कोही पनि जवाफदेही छैनन् । हामी यस्तो सोचबाट धेरै नै टाढा छौं । रातारात कोही पनि पूर्ण खेलाडी बन्न सक्दैन । हाम्रा पुराना खेलाडी जो खेलकुद क्षेत्रमा कहलिएका छन् उनीहरुको खेल करियर कलिलै उमेरबाट शुरु भएको देख्न सकिन्छ । त्यसै पनि हामीले खेलाडीको वृद्धि विकासका लागि उमेर समूहमा नै ध्यान दिन जरुरी छ ।

दीर्घकालिन ढंगबाट खेल क्षेत्र अघि बढाउन के–के विषयमा ध्यान दिन जरुरी छ ?
दीर्घकालिन ढंगबाट अगाडि बढ्नका लागि योजना मात्र बनाएर सम्भव हुन सकेन । योजनालाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकाय लागि परे पनि सम्भव छ । बनाएका योजना कार्यान्वयन गर्ने सोचको अभाव रहुन्जेलसम्म योजना बनाए पनि काम छैन । पोलिस लेभलमा नै बन्न सकेको छैन । बनेको खण्डमा कार्यान्वयन गर्ने त संघ छन् । अहिलेको अवस्थामा कुनै पनि योजना बन्न सकेका छैनन् । सम्बन्धित संघ पनि सुस्ताएको अवस्था छ । कति संघले त वार्षिक क्यालेन्डर पनि बनाएका छैनन् । अझै महामारीले गर्दा त्यस्ता संघहरुलाई फाइदा मिलेको छ । अभ्यास गर्ने स्थल बन्द भएको बाहना संघलाई मिलेको छ । खेलाडीमा अहिले केवल नैराश्यता मात्र छाएको छ । खेलेर जीविका सञ्चालन गर्न कठीन हुने खेलाडीले बुझिसेका छन् । खेलकुद क्षेत्रमा चिनिएका तथा उदाउँदै गरेको खेलाडीको अवस्था कस्तो होला ? यही अवस्था चलिरह्यो भने नेपालले सहभागिताका लागि वाइल्ड कार्डकै भर पर्नुको विकल्प छैन ।

ओलम्पिकमा खेलाडीको सहभागिता न्यून भएको अवस्थामा २६÷२७ जनाको भ्रमण टोली बन्नु आवश्यकता हो कि बाध्यता, यस विषयमा सधैँ आलोचना हुँदै आएको छ, यसलाई कसरी विश्लेषण गर्ने ?
बास्तवमा यो निकै नै अस्वभाविक विषय हो । हिसाबकितावकै आधारलाई मान्ने हो भने पाँच जना प्रशिक्षक, पाँच जना पदाधिकारी भए पुग्ने थियो । जम्बो टोलीको आवश्यक छैन । अहिले ओलम्पिकमा गएका पदाधिकारी माथिल्लो स्तरका छन् । उनीहरुका लागि भ्रमण ठूलो विषय पनि होइन । लग्नु नै थियो भने खेल बुझ्ने पदाधिकारी, डाक्टर लग्नु पर्ने थियो । पदाधिकारीलाई लग्नु अहिलेको अवस्थामा अलि अस्वभाविक भएको मात्र हो । यसरी ठूलो संख्यामा पदाधिकारीलाई शयर गराउनुले जनमानसमा राम्रो सन्देश जाँदैन । खेलकुदमा नराम्रो सन्देश जान्छ । अनि अभिभावकको विश्वास नै टुट्छ । मैले किन मेरो बालबच्चा खेलक्षेत्रमा पठाउने भन्ने प्रश्न सबैमा उठ्न थालेको छ । कसरी लगानी गर्ने प्रायोजक संस्थामा प्रश्न उब्जिन थालेका छन् । ठूलो जमातलाई नै यो किसिमको क्रियाकलापले खेल क्षेत्रमा लागेका खेलाडीलाई भड्काइरहेका छौं । त्यसैले नेतृत्व तहबाट धेरै विचार गर्नुपर्छ ।

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
अन्तर्राष्ट्रिय

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.