×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

खेलुकदमा राजनीति हाबी हुँदासम्म ओलम्पिक सहभागितामै सिमित हुन्छः खेलकुद विज्ञ

१५ श्रावण २०७८

शुक्रवार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा विगतजस्तै पदकबिहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन । विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सिमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । यस संस्करणमा पनि नेपाल ओलम्पिकमा सहभागिता जनाएरै सिमित हुन पुगेको छ । विगत जस्तै यस संस्करणमा पनि केहीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने बाहेक सहभागिता उपलब्धी बिहीन बन्यो । गत संस्करणकै जसरी खेलाडीको भन्दा धेरै भ्रमण गर्न जाने जम्बो टोलीको विषयले चर्चा पायो । असम्बन्धित पदाधिकारीले शयर गर्दा नेपाल ओलम्पिक कमिटी चर्को आलोचनामा परेको छ । यस पटक पनि नेपालको ओलम्पिक सहभागिता वाइल्ड कार्ड भन्दा माथि उठ्न सकेन । ओलम्पिक खेलकुदको इतिहासमा छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिष्पर्धा गर्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगीना वैद्य र दीपक बिष्ट बाहेक अन्य अघिल्लो चरण प्रवेश गरेका छैनन् । संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक बिष्टले छनोट चरण पार गरेका थिए । के सधैँ नेपालको ओलम्पिक प्रतिष्पर्धा सहभागितामै सिमित हुने हो ? खेलकुद विज्ञ सुशिल नरसिंह राणालाई सोधका छौं । न्यूज एजेन्सी नेपालले उनीसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

नेपालले ओलम्पिक प्रतिष्पर्धामा सधैँ सहभागितामै चित्त बुझाउनु पर्ने हो ?
यो आम मानिसको प्रश्न हो । नेपालले ओलम्पिक सहभागिता सधँै जनाउने गरे पनि पहिलो चरण भन्दा दोस्रो चरण पार गर्न सकेको छैन । यो संस्करणको सहभागिता पनि औपचारिकतामा सिमित भएको छ । आगामी तीन÷चार वटा ओलम्पिक पनि अझै सहभागितामा मात्रा सिमित हुनेछन् । ओलम्पिकमा सहभागी बनेर फर्किएपछि हामी सुध्रिन सकेनौं भने नेपालको सम्भावना अझै कमजोर नै छ । पुरानो सोचलाई नै हाबी हुन दिने हो भने ६ दशकको यात्रा औपचारिकतामा सिमित छ । आगामी ६ दशक पनि यस्तै हुनेछ । किनभने हाम्रो कर्मचारी तन्त्रले खेलकुद के भन्ने बुझेको छैन । अनि सरकारले जिम्मेवारी दिएर नेतृत्व गर्न आएको खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी जस्ता संस्था, जसले खेलकुद विकासका लागि खाका तयार पार्नु पर्ने हो उनीहरु राजनीतिको स्वार्थमा पनि तल्लिन छन् । जबसम्म राजनीति र स्वार्थको खेल खेलुकदमा हाबी हुन्छ परिवर्तन २० औं वर्षसम्म पनि हुँदैन । खेलकुदले छलाङ मार्न सक्दैन । अर्को आधा शताब्दीमा पनि सम्भव हुँदैन ।

खेलकुदमा राजनीति हाबी भइरहँदा खेलाडी उत्पादन क्षेत्रमा राजनीतिक व्यक्तिहरुले खेलकुद विज्ञलाई किन खेलाडी उत्पादन गर्ने जिम्मेवारी दिइँदैन ?
नेपाली खेलकुदमा धेरै विज्ञ मानिसहरु छन् । अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा र छवि बनाएका टेक्नोक्रयाट (प्राविधिक) पनि छन् । तर समस्या के छ भने सही मान्छे खेलकुद निकायमा आउन सकेका छैनन् । अहिलेकै उदाहरण हेर्ने हो भने प्रदेशबाट आउने व्यक्ति कुनै न कुनै राजनीतिक पृष्ठ भूमिको हुन्छ । उनीहरुको ध्यान पद मात्र लिने रहन्छ । त्यस्ता व्यक्तिहरुसँग खेलकुद विकास गर्नका लागि कुैन पनि योजना छैनन् । सरकार कसको छ त्यस निकटका व्यक्तिहरु नेतृत्व गर्न आउँछन् । अहिलेको सदस्य सचिव (रमेश कुमार सिलवाल) आउनु भन्दा पहिले धेरैले खेलकुद क्षेत्र बुझेको सदस्य सचिव आउने आश गरेका थिए । तर अन्तिम राजनीतिक क्षेत्रमा जसको बढी पहुँच भएको व्यक्ति थियो उ नै नेतृत्वमा आए । यस्तै नेतृत्व सरकारप्रति मात्र बफादार हुन्छ । उनीहरुको ध्यान कसरी विवाद रहित कार्यकाल सकाउनेमा मात्र ध्यान हुन्छ । उनीहरुसँग खेलकुद विकास गर्ने कुनै योजना हुँदैन । खेलकुद विकासका लागि सोच्ने फुर्सद नै हुँदैन । ओलम्पिककै कुरा गर्नु पर्दा यो वृहत क्षेत्र हो । यसमा पुग्नका लागि दीर्घकालिन योजना निकै नै अपरिहार्य छ । अहिले हाम्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको अभ्यासलाई नियाल्ने हो भने हामी दीर्घकालिन योजनमा अघि बढेको देखिँदैन । सधँै केही महिनाको तयारी र सहभागिता मात्र हुँदै आएको छ । केही महिनाको तयारीमा हामी साफ, एशियन गेम्स खेल्दै आएका छौं । तर ओलम्पिक भनेको वृहत क्षेत्र हो । यो छोटो र अल्पकालिन योजनाले सम्भव छैन । दीर्घकालिन योजना बनाएर युथ एथ्लिट्सहरुलाई अभ्यास दिलाउँदै उनीहरुको खेललाई निखार्ने हो भने मात्र नेपालको सम्भावना छ ।

यतिका विषयमा ध्यान दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले दिएको कार्यक्रममा सम्बन्धित संघ अथवा खेलकुद क्षेत्रले बुझ्न सकेको छैन । राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता अहिले नेपाल सरकारले गराउँदै आएको छ । जसमा नयाँ खेलकुदमा लाग्ने खेलाडीले सहभागिता जनाउँदै आफ्नो प्रतिभालाई प्रस्फुटन गराएका हुन्छन् । तर सम्बिन्धित संघ अथवा खेलकुद क्षेत्रले उनीहरुलको प्रदर्शनलाई कहिल्यै पनि नियाल्न सकेको छैन । साँच्चिकै प्रतिभावन खेलाडी जो खेलकुदमा केही गर्न चाहेका हुन्छन् उनीहरु प्रति कोही पनि जवाफदेही छैनन् । हामी यस्तो सोचबाट धेरै नै टाढा छौं । रातारात कोही पनि पूर्ण खेलाडी बन्न सक्दैन । हाम्रा पुराना खेलाडी जो खेलकुद क्षेत्रमा कहलिएका छन् उनीहरुको खेल करियर कलिलै उमेरबाट शुरु भएको देख्न सकिन्छ । त्यसै पनि हामीले खेलाडीको वृद्धि विकासका लागि उमेर समूहमा नै ध्यान दिन जरुरी छ ।

दीर्घकालिन ढंगबाट खेल क्षेत्र अघि बढाउन के–के विषयमा ध्यान दिन जरुरी छ ?
दीर्घकालिन ढंगबाट अगाडि बढ्नका लागि योजना मात्र बनाएर सम्भव हुन सकेन । योजनालाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकाय लागि परे पनि सम्भव छ । बनाएका योजना कार्यान्वयन गर्ने सोचको अभाव रहुन्जेलसम्म योजना बनाए पनि काम छैन । पोलिस लेभलमा नै बन्न सकेको छैन । बनेको खण्डमा कार्यान्वयन गर्ने त संघ छन् । अहिलेको अवस्थामा कुनै पनि योजना बन्न सकेका छैनन् । सम्बन्धित संघ पनि सुस्ताएको अवस्था छ । कति संघले त वार्षिक क्यालेन्डर पनि बनाएका छैनन् । अझै महामारीले गर्दा त्यस्ता संघहरुलाई फाइदा मिलेको छ । अभ्यास गर्ने स्थल बन्द भएको बाहना संघलाई मिलेको छ । खेलाडीमा अहिले केवल नैराश्यता मात्र छाएको छ । खेलेर जीविका सञ्चालन गर्न कठीन हुने खेलाडीले बुझिसेका छन् । खेलकुद क्षेत्रमा चिनिएका तथा उदाउँदै गरेको खेलाडीको अवस्था कस्तो होला ? यही अवस्था चलिरह्यो भने नेपालले सहभागिताका लागि वाइल्ड कार्डकै भर पर्नुको विकल्प छैन ।

ओलम्पिकमा खेलाडीको सहभागिता न्यून भएको अवस्थामा २६÷२७ जनाको भ्रमण टोली बन्नु आवश्यकता हो कि बाध्यता, यस विषयमा सधैँ आलोचना हुँदै आएको छ, यसलाई कसरी विश्लेषण गर्ने ?
बास्तवमा यो निकै नै अस्वभाविक विषय हो । हिसाबकितावकै आधारलाई मान्ने हो भने पाँच जना प्रशिक्षक, पाँच जना पदाधिकारी भए पुग्ने थियो । जम्बो टोलीको आवश्यक छैन । अहिले ओलम्पिकमा गएका पदाधिकारी माथिल्लो स्तरका छन् । उनीहरुका लागि भ्रमण ठूलो विषय पनि होइन । लग्नु नै थियो भने खेल बुझ्ने पदाधिकारी, डाक्टर लग्नु पर्ने थियो । पदाधिकारीलाई लग्नु अहिलेको अवस्थामा अलि अस्वभाविक भएको मात्र हो । यसरी ठूलो संख्यामा पदाधिकारीलाई शयर गराउनुले जनमानसमा राम्रो सन्देश जाँदैन । खेलकुदमा नराम्रो सन्देश जान्छ । अनि अभिभावकको विश्वास नै टुट्छ । मैले किन मेरो बालबच्चा खेलक्षेत्रमा पठाउने भन्ने प्रश्न सबैमा उठ्न थालेको छ । कसरी लगानी गर्ने प्रायोजक संस्थामा प्रश्न उब्जिन थालेका छन् । ठूलो जमातलाई नै यो किसिमको क्रियाकलापले खेल क्षेत्रमा लागेका खेलाडीलाई भड्काइरहेका छौं । त्यसैले नेतृत्व तहबाट धेरै विचार गर्नुपर्छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top