मार्कस कम्पनीले पहिलोचोटि सुख्खा बन्दरगाहबाट सामान पठाउँदै

मार्कस कम्पनीले पहिलोचोटि सुख्खा बन्दरगाहबाट सामान पठाउँदै

वीरगञ्ज, असार २०

मार्कस कम्पनीले पहिलोचोटि वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहबाट भारतको विशाखापतनम बन्दरगाह बाटो गरी धागो बोकेको पाँच वटा कन्टिनर टर्की पठाउन लागेको छ ।

यसअघि कलकता बन्दरगाहको बाटो गरी युरोपेली मुलुकमा सामान पठाउँदा बढी खर्च ला्ग्ने,झन्झटिलो तथा ढिलो हुने भएकाले पहिलो पटक वीरगञ्जको सुख्खा बन्दरगाहबाट विशाखापतनम बन्दरगाहबाट सामान पठाउन लागिएको मार्कस कम्पनीका प्रतिनिधि शौरभ सकसेनाले बताए ।

आगामी असार २३ गते सो ४० खुट्टे भएको धागो बोकेको पाँच वटा कन्टिनर टर्कीका लागि प्रस्थान गर्नेछन् । कम खर्च, समयको बचतसमेत हुने भएकोले विशाखापटनम बन्दरगाहको बाटो गरी सो कन्टिनर लान थालिएको हो ।

कलकता बन्दरगाहबाट सिधै युरोपेली मुलुक सामान पठाउँदा लागत खर्च बढी हुने, समय बढी लाग्ने र झन्झटिलो हुने भएकाले सो कम्पनीले पहिलो पटक सिर्सिया सुख्खाबन्दरगाहबाट सो सामान पठाउन लागिएको जनाएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.