विराटनगर, असार २०
विराटनगर र कटहरीबाट प्रहरीले बुधबार ८५ लिटर अवैध मदिरा वरामद गरेको छ । वडा प्रहरी कार्यालय (ख) हाट खोला र सिआरभि कटहरीबाट खटिएको प्रहरी टोलिले विराटनगर महानगरपालिका वडा नम्बर ८ अशोक चोक र कटहरी गाउँपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा चेक जाँच गर्दा अवैध रुपमा विक्रि वितरण गर्न राखिएको ८५ लिटर घरेलु मदिरा र ४ कार्टुन सोफि बरामद गरेको हो ।
प्रहरीले अवैध घरेलु मदिरा ओसार पसारमा संलग्न एक थान साइकलसमेत नियन्त्रणमा लिई मदिरा र साईकल आवश्यक कारवाहिका लागि आन्तरिक राजश्व कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवत्ता डिएसपी निसान थापाले जानकारी दिए ।