१५ साउन, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुतारी र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङको विवादबारे छानबिन गर्न युवा तथा खेदकुद मन्त्रालयलाई आग्रह गरेको छ ।
शुक्रबार बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले छानबिनका लागि युवा तथा खेदकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो ।