माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैनः ओली

१५ साउन ७८, शनिबार

१६ साउन, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राखेका छन् ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै उनले सो अडान राखेका हुन् । अध्यक्ष ओलीले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधी’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्ट्याएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिणपन्थीको पक्षमा फ्लोर क्रस गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन ।’

यद्यपि उनले माधव नेपाल पक्षका अन्य नेताहरुलाई भने पार्टीमा आउन पुनः आह्वान गरे । उनले भने, ‘अरु साथीहरु गल्ती महसुस गरेर फर्कनुहुन्छ भने हामी मौका दिन्छौं । आउनुहोस्– यो पार्टी हामी सबैले बनाएका हौं ।

गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौं ।’ अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दावी समेत गरे ।

पार्टीमा खुट्टा तान्ने तत्वहरु अव पार्टी भित्र नरहेकाले बहुमत ल्याउन सकिने उनको तर्क थियो । ‘अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौँ । किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन् ।

अगाडि बढन खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन् उसलाई उम्मेदवारको रुपमा अघि सार्नुपर्छ भन्ने ।’

उनले भने, ‘अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछि पछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।’ अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरूलाई योगदान गर्न पनि आग्रह गरे ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश समेत व्यक्त गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top