हिन्दी फिल्मकी सफल अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर

हिन्दी फिल्मकी सफल अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर

विराटनगर ः हिन्दी फिल्मकी सफल एवम् सुन्दर अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको प्रमाणित भएको छ । उनी आफैले यसबारे खुलासा गर्दै ट्वीटमार्फत भनेकी छिन्, ‘मलाई क्यान्सर भएको छ, केही समयदेखि निकै पीडा भइरहेको थियो, परीक्षणपछि थाहा भयो कि मलाई गम्भीर प्रकृतिको क्यान्सर भएको रहेछ ।’

उनले भनेकी छिन– ‘म अहिले परिवारसँग न्युयोर्कमा छु, परिवारको हौसलाले मलाई आशावादी बनाएको छ । म सबैप्रति आभारी छु, मलाई क्यान्सरसँग जुध्ने हौसला मिलिरहेको छ ।’ सुन्दरता र प्रतिभाको निम्ति बलिउडमा विशेष चिनिएकी सोनाली विवादरहित र एक शालिन अभिनेत्रीको रूपमा पनि चिनिन्छिन् ।

उनी मोडलिङ क्षेत्रबाट फिल्ममा प्रवेश गरेकी हुन् । ४३ वर्षीया सोनालीलाई क्यान्सर भएको थाहा भएपछि अहिले उनका नातेदार, शुभेच्छुक र साथीभाइहरूले सामाजिक सञ्जालमा दुःख ब्यक्त गर्दै धैर्य राख्न आग्रह गरेका छन् । लाखौं फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । सोनालीले १९९४ मा गोविन्दासँग ‘आग’ फिल्मबाट बलिउड क्षेत्रमा डेब्यु गरेकी थिइन् ।

दिलजले, भाइ, सरफरोस, डुप्लिकेट, हम साथ साथ हे, तेरा मेरा साथ रेहेना लगायतका फिल्ममा मुख्य नायिकाको रुपमा उनले अभिनय गरेकी छिन् । सुन्दर अभिनेत्री सोनालीसँग अजय देवगन, अक्षय कुमार, गोविन्दा, शाहरुख खान, सुनिल सेट्ठी, अमिर खानलगायतसँग प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् । यस्तै तेलुगु, मराठी, तमिल, कन्नड लगायतका फिल्म समेत सोनालीले खेलेकी छिन् । सन् २००२ मा फिल्म निर्देशक गोल्डी बहलसँग विवाह गरेकी उनको एक छोरा छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.