अगस्ट १० सम्म माग पूरा नभए राजीनामाको प्रक्रिया पूरा गरेर देश छाड्छु: प्रशिक्षक अलमुताइरी

१७ साउन, काठमाडौँ ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अगष्ट १०(साउन २६) गतेसम्म आफ्नो माग पुरा नभए राजीनामा दिएर जाने बताएका छन् ।

उनले बिहीबार एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसहित दुई संचारकर्मीमाथि छानविनको माग गर्दै दिएको निवेदनमा सो मितीसम्म माग पुरा नभए राजीनामा दिएर देश छाडेर जाने बताएको खुलेको हाे ।

उनले बैठकको अघिल्लो दिन विहीबार एन्फासमक्ष दिएको निवेदन दिएका थिए । उनले एन्फाकै आग्रहअनुसार आफूले अधिकारिक राजीनामा स्थगित गरेको पनि बताएका छन् ।

निवेदनमा उल्लेख गरेअनुसार प्रशिक्षक अलमुताइरीले विहीबार आफूलाई दुई व्यक्तिले आफू संचारकर्मी भएको दावी गर्दै आफूलाई अवान्छनीय ढंगले दुख दिएको बताएका छन् । उनले उक्त घटनापछि लगातार आफ्नो प्रतिष्ठा र विश्वासमा आघात पुग्नेगरि समाचार लेखेको विवरण प्रस्तुत गरेका छन् ।

दुई व्यक्तिले लगातार एकपक्षीय रुपमा एसियाली फुटबल र नेपाली समर्थकमाझ आफ्नो छवी धुमिल्याउने प्रयास गरेको अलमुताइरीको दावी छ । उनले आफ्नो व्यक्तिगत स्वतन्त्रताको हनन गर्दै दुई जनाले निजी विषयमा दखल दिएको बताएका छन् । अलमुताइरीले एन्फाले यस विषयमा आफ्नो धारणा राख्ने आशाका साथ आफू शान्त रहेपनि ठिक विपरित रहेको लेखेका छन् ।

उनले एन्फाकै जिम्मेवार पदाधिकारीले यस घटनामा संलग्न रहेको आरोप लगाएका छन् । उनले निवेदनमा आफूसँग उक्त भिडियो रहेको भन्दै त्यस भिडियो उपलब्ध रहेको जनाएका छन् । सँगसँगै उनले ती पदाधिकारीले आफूसँग यसबारे छलफल नगरेर उल्टै सामाजिक संजालमा यस घटनामा संलग्न दुई संचारकर्मीको साथ दिएकोमा अन्याय भएको लेखेका छन् ।

उनले आफू एक व्यावसायिक फुटबल प्रशिक्षकको नाताले आफ्नो पेशामै प्रश्न उठेको र यसबारे शान्त रहन नसकेको बताए । उनले आफू प्रशिक्षक भएर आएदेखि नै एन्फाका पदाधिकारी र कर्मचारीलाई सम्मान गर्दै आएको पनि लेखेका छन् । प्रशिक्षक अलमुताइरीले यस घटनामा एन्फाबाट आफूले साथ पाउने आशा गरेकोमा वरिष्ठ उपाध्यक्षले फेसबुकमा उनीविरुद्ध लेखिएको फेसबुक पोस्टलाई साथ दिएको जिकिर गरेका छन् ।

अलमुताइरीले यस घटनामा वरिष्ठ उपाध्यक्ष संलग्न रहेकाले एन्फासँग उनको व्यावसायिक सम्बन्ध सुरक्षित नभएको शंका पनि गरेका छन् । उनले वरिष्ठ उपाध्यक्षले गरेको कार्य अपमानजनक रहेको जनाउँदै यसले फिफाको कोड अफ एथिक्स र एएफसीको कोड अफ कन्डक्ट पनि उल्लङ्घन गरेको जनाएका छन् ।

उनले आफ्नो निवेदनमा निम्नानुसार छानविन हुनुपर्ने बताएका छन् :

१) उक्त घटनाबारे सरकारी निकायबाट छानविन हुनुपर्ने र उक्त रिपोर्ट सार्वजनिक गरिनुपर्ने

२) फिफा र एएफसीको छानविन समितिमा आफूले दर्ता गराएको छानविनको माग निवेदन उपलब्ध गराएको सबुतसहित प्रस्तुत गर्नुपर्ने

३) एन्फाले आफूविरुद्ध दुई जनाले गरेको अपमानजनक घटना र त्यसपछि लेखिएको निराधार लेखबारे आधिकारीक धारणा राख्नुपर्ने

प्रशिक्षक अलमुताइरीले निवेदनसँगै घटनासँग सम्बन्धित प्रमाणहरु बुझाएको पत्रमा उल्लेख गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top