×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

क्षतिग्रस्त पुलको निर्माण तत्काल सुचारु गर्न संसदीय समितिको निर्देशन

१७ श्रावण २०७८

१७ साउन, काठमाडाैँ ।
प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिले अविरल वर्षाका कारण विभिन्न सडक र पुलहरु क्षतिग्रस्त भएकोले क्षतिको कारण पत्ता लगाई यथाशिघ्र निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधिन पुल क्षतिग्रस्त भएका र ति पुलहरु क्षतिग्रस्त हुनुका कारण पत्ता लगाई यथाशिघ्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको हो ।

समितिले सिरहा– धनुषाजोड्ने सडक अन्र्तगतको कमलापुल र गाइघाट–दिक्तेल अन्र्तगतको त्रियुगानदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाई छिटो पुनःनिर्माण कार्य सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी कमला र त्रियुगा नदीको पुल के कारणले क्षतिग्रस्त भयो भन्ने छानविन गरेर समितिलाई सात दिनभित्र जानकारी गराउन गराउन पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन् । उनले भनिन् –‘हालै अविरल वर्षाका कारण सिरहा, धनुषा जोड्ने हुलाकी सडक अन्र्तगत कमलानदीमा निर्माणाधिन पुल भासिएको एवम् गाइघाट दिक्तेल सडकखण्ड अन्र्तगतको त्रियुगा नदीको पुल जग भासिएर स्ल्याब खसेको हुँदा निर्माणाधिन अवस्थामा रहेका पुलहरु क्षतिग्रस्त हुनुको बास्तविक कारण पत्ता लगाई यथाशिघ्र पुल निर्माणको कार्य सुचारु गर्न समिति पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । साथै पुल निर्माणमा भएको प्राविधिक त्रुटी लगायतका भासिनुका विविध कारणहरु प्हिचान गर्न समितिले उपयुक्त समयमा सो क्षेत्रको स्थलगत अनुगमन गर्ने । कमला नदीको पुल, त्रियुगा नदीको पुललगायतका पुलहरु के कति कारणले क्षति भएको हो त्यो सात दिनभित्र छानविन गरेर समितिलाई जानकारी दिन मन्त्रालयलाई निर्देशन दिइएको छ ।’

Advertisement
Advertisement

समितिले अरनिको राजमार्ग अन्र्तगतको विभिन्न सडक खण्डहरु क्षतिग्रस्त भएकाले सडकको स्तरोन्नति गर्न, आवश्यक पुलहरुको निर्माण गरी तत्काल यातायात सुचारु गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । त्यस्तै पटक पटक अवरुद्ध हुने नारायणघाट–मुग्लिन सडक खण्डको दिर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन र बिना अवरोध यातायात सुचारु गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन गरको समिति सभापति खड्काले बताइन् । उनले भनिन् – ‘हालैको वर्षाको कारण अरनिको राजमार्ग अन्र्तगत पर्ने विभिन्न सडकखण्डहरु क्षतिग्रस्त भएको हुँदा सो को स्तरोन्नति लगायत त्यस राजमार्गमा पर्ने पुलहरुको निर्माण, पुनःनिर्माण र स्तरोन्नती गरी तत्काल यातायात सुचारु गर्ने व्यवस्था मिलाउन समिति निर्देशन गर्दछ । पहिरोको कारण पटक पटक अवरुद्ध हुने गरेको नारायणघाट–मुग्लिन सडक खण्डको दिर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाई सो क्षेत्रमा बिना अवरोध यातायात सुचारु हुने व्यवस्था मिलाउन निर्देशन गर्दछ ।’

समितिले सरकारलाई बाढी, पहिरोबाट सिर्जित समस्याको समाधान गर्न पूर्व सचेतना कार्यक्रम लगायत बाढी, पहिरो नियन्त्रण सम्बन्धी दिर्घकालिन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ । तिनै तहको सरकारसँग समन्वय गरी तत्काल उद्धार, राहत र पुर्नस्थापनाको प्रवन्ध मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समितिको निर्देशन छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हालसम्म १५३ स्थानमा सडक अवरुद्ध भएको बताए । यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको, ९३ वटा एकतर्फी चालु अवस्थामा रहेको र ४९ वटा दुवैतर्फ सुचारु अवस्थामा रहेको उनले बताए ।

देशभर क्षति भएका पुलहरु मध्ये निर्माणाधिन पुलहरु बढी मात्रामा क्षति भएको भन्दै उनले त्यसको जवाफदेही निर्माण व्यवसायी आफै भएको स्पष्ट पारेका थिए ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top