तुइन हटाएर झोलुङ्गे पुल लगाउन गृहमन्त्रीकाे निर्देशन

१७ साउन, काठमार्डाैँ

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवनरक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्

बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा सहज रुपमा खाद्यान्न र औषधिजन्य सामान ढुवानीको व्यवस्था मिलाउनुपर्ने, बाढी पहिराले क्षति पुर्‍याएको सडक आवागमन सहज बनाउन तीन तहका सरकारी निकायबीच समन्वय गर्न बैठकमा निर्देशन दिइएको छ ।

बाढी पहिराले क्षति पुर्‍याएको सडक पहुँच निर्माणका लागि केन्द्रले अग्रसरता लिनुपर्ने र आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने गृहमन्त्री खाणले बताए । बैठकमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायत उपस्थिति रहेको थियो । रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top