नागढुंगा सुरुङमार्गको काम १८ प्रतिशत सकियो

१७ साउन ७८, सोमबार

१८ साउन, काठमाडौँ ।
संसदीय समितिले स्थानीयबासीलाई बिस्थापित नहुने गरी नागढुंगा सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रिय सभा अन्तरगतको दीगो विकास तथा सुशासन समितिको टोलीले आईतबार राष्ट्रिय गौैरवको आयोजनाको रुपमा रहेको नागढुंगा सुरुङ मार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयबासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो ।

संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका पदाधिकारीहरुले आयोजनाको कार्य प्रगतिबारे जानकारी गराएका थिए । “यो आयोजनालाई अघि बढाउने काम चुनौतिपूर्ण रहेको कुरा अनुगमनका क्रममा देखियो । यहाँ वरपरका बस्तीहरुलाई पनि त्यत्तिकै जोखिम छ । यो पनि हामीले बचाउनुपर्ने हुन्छ । र यसको समाधानका लागि सरकारसँग कुरा गर्छौै ।” आयोजनाको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति तारादेवी भट्टले भनिन्, “आयोजना अघि बढाउन देखिएका समस्या समाधान गर्न पहल गर्नेछौं ।”

समितिको गत शुक्रबार बसेको बैठकले सो आयोजना समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिँदै आयोजनाको प्रगतिबारे जानकारी लिन स्थलगत अनुगमनमा जाने निर्णय गरेको थियो । समितिको सोही निर्णय अनुसार आफूहरु समय मिलाएर आयोजनाको स्थलगत जानकारी लिन आएको सभापति भट्टले बताइन् । अनुगमन टोलीलाई आयोजनाका प्राविधिकहरुले आयोजनाले भोगिरहेका समस्याबारे जानकारी गराएका थिए । आयोजनाका निर्देशक नरेशमान शाक्यले आयोजना तोकिएकै समयमै सम्पन्न गर्नका लागि जग्गाको मुआब्जा वितरण र कोभिड खोपको आवश्यक व्यवस्था मिलाउने काम बाधक रहेको उल्लेख गर्दै ती समस्या तत्काल समाधानका लागि सरकारसँग पहल गरिदिन संसदीय समितिको अनुगमन टोलीलाई आग्रह गरेका थिए । उनले एक महिना भित्र यी दुवै समस्या समाधान हुन सके आयोजनाको कामले गति लिने पनि स्पष्ट पारे ।

यता, आयोजनाले सुरुङ मार्ग निर्माणको काम १८ दशमलव ५ प्रतिशत सम्पन्न भएको जनाएको छ । “चार वटा प्वाल बनाएर मुख्य सुरुङमार्ग र आपतकालिन सुरुङ मार्ग निर्माणको कामलाई अघि बढाइएको छ,” आयोजनाकी इन्जिनियर कल्पना अधिकारीले भनिन्, “हालसम्म आयोजनाको भौतिक प्रगति १८ दशमलव ५ प्रतिशत भएको छ ।” आगामी दिनमा प्रत्येक महिना ४ प्रतिशतका दरले आफ्नो काममा प्रगति गर्दैै लैजाने आयोजनाको योजना छ ।

जापान सरकारको ० दशमलव ०१ प्रतिशत ब्याजदरको आर्थिक ऋण सहायतामा सुरु गरिएको यो आयोजनाको काम सुरु भएको करिव १९ महिना पुगेको छ । साँढे ५ किलोमिटर लम्बाई रहेको यो सुरुङ मार्गको मुख्य काम आगामी जेठ भित्र सम्पन्न गर्ने योजनाका साथ काम भईरहेको आयोजनाका निर्देशक शाक्यले बताए । समितिकी सभापति भट्टले पनि यो आयोजना अन्य देशका लागि नमूनायोग्य हुने गरी बन्ने विश्वास व्यक्त गरेकी थिइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top