भारतीय राजदूतावास अगाडि अखिल क्रान्तिकारीको प्रर्दशन

१८ साउन ७८, सोमबार
Share this
653shares

१८ साउन, काठमाडौँ ।
नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणको छानविन गरी दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

Advertisement

अखिल क्रान्तिकारीले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको बास्तविकता छानविन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न माग गर्दै लैनचौरस्थित भारतीय राजदुताबास अगाडी प्रदर्शन गरेको हो । पटक पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुव्र्यवहार गरेकाले भारतीय ज्यादती विरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए। उनले नेपाल र नेपाली जनताको रक्षाको लागि सरकारलाई ध्यानाकर्षण गराउनुका साथै गम्भिर बन्न पनि अपिल गरे ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले सिमा अतिक्रमण बन्द गर,जयसिंह धामी बेपत्ताको छानविन गर, सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, लिपुलेक लिम्पियाधुरा, कालापानि हाम्रै हो, भारतीय विस्तारवाद मुर्दावाद लगायतका नाराबाजी समेत गरेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top