भूकम्पले थलिएको संसद भवनको अवलोकन गर्न पुगे सभामुख

१८ साउन, काठमाडाैँ ।

Advertisement

सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् ।

सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पूरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यका साथ आफूले अवलोकन गरेको पनि स्पष्ट पारे । उनले भने, “सम्बन्धित पक्षसँग छलफल गरेर आजैबाट यसको ऐतिहासिक तथा पूरातात्विक महत्व कायम हुने निर्माण कार्य सुरु गर्ने योजना बनाएको छु । त्यसका लागि प्राविधिकहरुसँग पनि बसेर यसको पुननिर्माण गर्ने कि सवलीकरण गरेर जाने भन्ने विषयमा प्राविधिकहरुसँग परामर्श गरिनेछ ।”

Advertisement

सभामुख सापकोटाले सो संसद भवनलाई संग्रहालय र पुस्तकालयको रुपका विकास गर्ने आफ्नो सोच रहेको पनि स्पष्ट पारे । “धेरैले संग्राहलय बनाउन उपयुक्त हुने सुझाव दिएका छन । संग्राहलय र पुस्तकालय एक अर्कासँग सम्बन्धित विषय भएकाले मैले यसमा पुस्तकालय पनि बनाउन सकिने सोच लिएको छु ।” उनले भने, “सम्बन्धित पक्षसँग छलफल गरेर सो सम्बन्धमा निष्कर्षमा पुगिनेछ ।” सभामुख सापकोटाले अलपत्र अवस्थामा रहेको सो भवनको निर्माणको काम तत्काल सुरु हुने गरी सम्बन्धित पक्षसँग आजैबाट छलफल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सिंहदरवारको मुटुमा रहेको यो संसद भवन ऐतिहासिक तथा पुरातात्विक महत्वको भवन हो । राणाकालमा भारदार सभाका लागि प्रयोग गर्ने गरिएको यो भवनमा राणाकालको अन्त्यसँगै संसद भवनको रुपमा विकास गरियो । पञ्चायत काल र बहुदलीय व्यवस्था र २०६२÷०६३ सालको जनआन्दोलनपछि पुनस्थापित संसदको पहिलो बैठक समेत सोही भवनमा बसेको थियो । तर २०७२ साल जेठ १२ गतेको भूकम्पले क्षति पुगेको सो भवन ६ वर्ष बित्दा समेत पुननिर्माण नभई अलपत्र अवस्था छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top