मेलम्चीवासीलाई बसोबास र राहत दिन सरकारलाई संसदीय समितिको निर्देशन

१८ साउन, काठमाडौँ ।
संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षति र त्यसबाट विस्थापितहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

सो आयोजनामा आएको बाढीकाकारण विस्थापित भएका नागरिकहरुलाई तत्काल सुरक्षित बसोबाससहितको राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । बैठकमा आयोजनामा बाढीका कारण पुगेका क्षतिबारे खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य र आयोजनाका प्रमुख रामकुमार श्रेष्ठले समितिलाई जानकारी गराएका थिए । खानेपानी मन्त्रालय र सम्बन्धित आयोजनाका पदाधिकारीहरुबाट सो आयोजनाको जानकारी लिएपछि समितिले आयोजना क्षेत्रलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकले आगामी दिनमा सो आयोजनामा क्षति नहुने गरी भौैगर्भिक अध्ययन गराउन विज्ञहरुलाई परिचालन गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले विस्तृत अध्ययन विनानै सो आयोजनाको काम गरिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । समितिका सदस्य गणेशकुमार पहाडीले विस्तृत अध्ययण विनानै सो आयोजनाको काम हचुवाको भरमा गरिएकाले विपद आएको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले आगामी दिनमा विस्तृत अध्ययन गरेर मात्रै सो आयोजनाको कामलाई अघि बढाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

समितिका अर्का सदस्य सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवको आयोजनामा पुगेको यस क्षतिले मुलुक विकासमा नभई विनाशको बाटोमा अघि बढेको पुष्टि भएको उल्लेख गर्दै विस्तृत अध्ययन गरेर मात्रै विकासको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले आयोजना अघि बढाउने काममा लापरबाही गरिएको भन्दै आईन्दा त्यस्तो अवस्था आउन नदिन सम्बन्धित पक्ष सजग हुनुपर्ने आवश्यक्ता औंल्याइन् ।

बैठकमा खानेपानी मन्त्रालयकी सचिव तथा सो आयोजना विकास समितिकी अध्यक्ष बज्राचार्यले आयोजनाभन्दा माथिल्लो क्षेत्रको भौगोलिक अवस्थाबारे अध्ययन गरिदिन एडीबीलाई पत्राचार गरिएको जानकारी गराएकी थिइन् । उनले आयोजनाको भविष्यनै संकटमा परेकाले त्यहाँ देखिएको समस्या समाधान गर्न सम्बन्धित सबै पक्षको सहयोगको आवश्यक्तामा पनि जोड दिइन् ।

यस वर्षको निरन्तरको बाढी र पहिरोको कारण मेलम्ची खानेपानी आयोजनामा ठूलो धनजनको क्षति पुगेको छ । त्यहाँको कमजोर भौगर्भिक अवस्थाको विस्तृत अध्ययन विनानै सो आयोजनाको काम अघि बढाएकाले हाल आएर क्षति व्यहोर्नु परेको समितिका सदस्यहरुको भनाई छ । उनीहरुले विस्तृत अध्ययन नगरी मेलम्ची नदीमा याङग्री र लार्के खोलाको पानी नझार्न पनि मेलम्ची खानेपानी आयोजनाको ध्यानाकर्षण गराएका छन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top