काठमाडौँमा कोकिनको जालो प्रहरीले भत्कायो

१८ साउन, काठमाडौँ ।
लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अबैध लागू औषध कोकिनको कारोवार गर्ने ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्यूरोले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै काठमाडौको बिभिन्न स्थानबाट पक्राउ परेकाहरुबाट कोकिन १ के.जि. ५१२ ग्राम, चरेश २५ ग्राम, गाँजा ९ ग्राम, गाँजा तान्ने सोली २३ वटा, डिजिटल तराजु २ थान र नगद रु. ७ लाख ८८ हजार ५७५ बरामद गरेको बताएको छ ।

बरामद भएको कोकिनको बजार मुल्य करिब ४ करोड ५३ लाख ६० हजार बराबर रहेको बताइएको छ । प्रहरीले पकनाजोलमा रहेको एक होटलमा अबैध लागू औषध कोकिनको कारोवार भईरहेको सूचनाको आधारमा छापा मार्दा कारोबारमा संलग्न ४ जना ब्यक्तिहरु र कोकिन ५०० ग्राम फेला पारेको थियो । लामो समय देखि निगरानी गरिरहेको प्रहरीले पक्राउ परेका ४ जनाको सूचना र डेरा कोठा खानतलासी गर्दा थप ५ जना ब्यक्तिहरु र थप कोकिन र चरेश फेला परेको थियो ।

प्रहरी टोलीले पक्राउ परेकाहरुको बस्ने कोठा र अन्य संलग्नहरुको खोजी गर्दा काठमाण्डौ रानीबारी बस्ने बर्ष ४५ को सुरोज गुरुङबाट अबैध लागू औषध कोकिन ६८३ ग्राम र रानिबारी बस्ने बर्ष ४३ की अन्जु थापा मगरबाट अबैध लागू औषध कोकिन ३२९ ग्राम र नगद ७,५०,०००।– सहित पक्राउ गरेको बताएको छ । यसैगरि रानीबारीबाट थप तीन जना मुना तामाङ गुरुङ, रक्की आलेमगर रायल थापा मगर पक्राउ गरि अनुशन्धान गरिरहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक दक्षिण गोवा नग्गारवडा भोमा घर भएका बर्ष ३९ को सन्दिप पटेल पनि रहेको प्रहरीले बताएको छ । ब्यूरोले पक्राउ परेकाहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद गराई थप अनुसन्धान गरिरहेको बताएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top