×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

लाखौंको चामल कुहाउने कर्मचारीलाई बचाउन खेलै खेल

१९ श्रावण २०७८

काठमाडौं: सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन अनेक प्रयास गरिरहेको पाइएको छ ।

कर्मचारीको चरम लापर्बाहीका कारण कम्पनीको थापाथली कार्यालयको गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल बढी र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टल बढीको ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको छ । ती कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनीका कर्मचारीले अनेक प्रयास गर्दै आएको स्रोतको भनाइ छ ।

Advertisement

स्रोतका अनुसार गोदाममा कुहिएको लाखौं रुपैयाँबराबरको बास्मती चामल नष्ट गर्नुपर्दा चामल कुहाउने कर्मचारीले भर्पाइ गर्नुपर्ने भएकाले कर्मचारीलाई बचाउन कम्पनीले अनेक प्रयास गरिरहेको हो ।

स्रोतका अनुसार कम्पनी कुहिएको सो बास्मती चामल ‘रि पोलिसिङ’ गरी राम्रो चामलमा मिसाएर काठमाडौंबाहिर पठाउने खेलमा लागेको जनाएको छ । कुहिएको चामललाई खानयोग्य छ भनी दाबी गर्न मनपरी चामलको नमुना लिएर परीक्षण गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यको गोदाममा कुहिएको बास्मती चामल नमुना परीक्षण गरी यसअघि नै नष्ट निर्देशन दिइसकेको छ । विभागको निर्देशनलाई अटेर गर्दै लापर्बाही गर्न कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनी अनेक तिगडम गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

कम्पनीले चामलको पोलिसिङ’ गरी बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा परीक्षण गरेर ल्याएको हो । खाद्य प्रविधि विभागले सो चामल विभागको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालामा १० वटा नमुना परीक्षण खानयोग्य नभएको पुष्टि गरिसकेको थियो । ३ मंसिर २०७६ मा राजधानी दैनिकमा ‘खाद्यका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल’ शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि छानबिन गरिरहेको थियो ।

अख्तियारले चामल छानबिन क्रममा विभागमा १० पुस २०७६ मा १० वटा नमुना जाँच परीक्षण गरेको थियो । छानबिनका लागि अख्तियारले विभागलाई परीक्षणका लागि दिएको १० वटा नै नमुना जाँच परीक्षण गर्दा सबै नमुना फेल भएका थिए । विभागले २८ माघ २०७६ मै गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ किलो चामल नष्ट गरी व्यवस्थापन गर्न निर्देशन दिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बोधार्थ दिई परिपत्र गरिसकेको थियो ।

Advertisement

अहिले करिब दुई वर्षपछि फेरि खाद्य व्यापार कम्पनी कर्मचारीलाई बचाउन नष्ट गर्न भनेको गोदाममा कुहिएको चामलको पोलिसिङ’ गरी बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा नमुना लिई परीक्षण गर्ने काम गरेको हो ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top