×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

असोजसम्म २ करोड खोप पक्काः स्वास्थ्य राज्यमन्त्री

१९ श्रावण २०७८

काठमाडौं: स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी उक्त मात्रामा खोप आउने सुनिश्चित भएको बताए ।

२३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै असोजसम्म २ करोड र माघसम्म ५ करोड २२ लाख खोप आउने सुनिश्चित भएको बताएका छन् । सोमवार पत्रकार सम्मेलन गरी उनले कोभ्याक्सअन्तर्गत १ करोड ५० लाख खोप नेपाल आउने तय भएकोमा ४० लाखको प्रक्रिया अघि बढेको बताए । यसैगरी, जापानबाट १६ लाख अस्ट्राजेनेका, चीनबाट खरीद गरेर बाँकी रहेको १० लाखसहित २६ लाख र भारतबाट खरीद गरेर आउन बाँकी रहेको १० लाख कोभिशिल्ड र विभिन्न दातृ निकायको सहयोगमा अमेरिकाबाट १ लाख १० हजार गरी २ करोडभन्दा बढी खोप असोजसम्ममा नेपाल आउने पक्का भएको जानकारी उनले दिए ।

Advertisement
Advertisement

फाइजरको ६० लाख र अन्य गरी ३ करोड २३ लाख खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा ५ करोडभन्दा बढी खोप आइपुग्ने जानकारी गराए । बालबालिकालाई लक्षित फाइजरको ६० हजार डोज खोप खरीदको प्रक्रिया अघि बढेको उनले बताए ।

Advertisement
Advertisement

उनले चैतसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएकोमा त्यसअनुसार प्रक्रिया अघि बढाएको भन्दै २०७८ भित्र सबै नेपालीले खोप पाउने दाबी गरे । खोप खरीदकै लागि सरकारले एशियाली बैंकसँग १ सय ६५ मिलियन अमेरिकी डलर ऋण सहायता पनि लिन लागेको उनले बताए ।, याे समाचार आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top