×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

कोरोना बीमामा कुल १३ अर्ब बराबरको दाबी

१९ श्रावण २०७८

काठमाडौं: कोरोना बीमामा कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँको बीमा दाबी परेको पाइएको छ । २० निर्जीवन बीमा कम्पनीहरूमा असार मसान्तसम्म त्यो बराबरको दाबी परेको हो ।

गत साउन १ गतेदेखि कोरोना बीमासम्बन्धी दाबी भुक्तानीबाहेक सम्पूर्ण कारोबार बन्द गरिएको छ । कारोबार सञ्चालनमा रहेको अन्तिम दिन अर्थात् असार मसान्तसम्म त्यो बराबरको दाबी परेको हो ।

Advertisement
Advertisement

बीमा समितिबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अन्तिम समयसम्म कोरोना बीमामा १३ अर्बभन्दा बढीको आवेदन परेको बताए । उनका अनुसार बीमा कम्पनीहरूमा अन्तिम दिनसम्म १ लाख १७ हजार ७५४ ओटा दाबी आवेदन परेका छन् ।

समितिले २०७६ वैशाखदेखि कोभिड–१९ बीमालेख कार्यक्रम ल्याएको थियो । त्यसको कारोबार गत असारमसान्तसम्म सञ्चालन गर्नेगरी कार्यविधि बनाइएको थियो । त्यसअनुसार गत साउन १ गतेदेखि कोरोना बीमाको कारोबार बन्द गरिएको छ ।

कारोबार शुरू भएको मितिदेखि अन्तिम दिनसम्म १ अर्ब ५ करोड ५ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको थियो । तर, दाबी आवेदन भने त्योभन्दा अत्यधिक बढी परेको छ ।

कोरोनामा बीमामा त्यस बराबरको दाबी परे पनि भुक्तानी भने अत्यन्त न्यून मात्रामा भएको छ । हालसम्म साढे ४ अर्बको हाराहारीमा दाबी भुक्तानी भएको छ । सरकारले आफ्नो दायित्व बराबरको रकम निकासी नगर्दा दाबी भुक्तानीमा ढिलाइ भएको कम्पनीहरूको भनाइ छ ।

बीमा कम्पनीहरूले दाबी भुक्तानी रोके पनि अर्थ मन्त्रालयले यस विषयमा कुनै नयाँ निर्णय गरेको छैन । अर्थ मन्त्रालयले कुनै पनि निर्णय नगरेपछि बीमा समितिले सोमवार नै रकम निकासीको अनुरोध गर्दै मन्त्रालयलाई फेरि पत्राचार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक पौडेलले मन्त्रालयलाई रकम निकासीको अनुरोध गर्दै पत्र पठाएको बताए । अबको केही दिनमा नै यस विषयमा उचित निर्णय हुन सक्ने उनको भनाइ छ । तत्कालीन सरकारले कोरोना बीमाको दायित्व सरकारले पनि बेहोर्ने बताएको थियो ।

सोहीअनुसार कोरोना बीमामा साढे ३ अर्ब माथिको दाबी भुक्तानी सरकारले नै बेहोर्ने गरी मापदण्ड बनाइयो । कोरोना बीमाको दाबी भुक्तानी साढे ३ अर्ब नाघेको महीनौं भइसक्यो । तर, आर्थिक वर्ष सकिँदा पनि कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयबाट कत्ति पनि रकम निकासा नभएको समितिको भनाइ छ । उक्त रकम निकासी गर्न बीमा समिति र कम्पनीहरूबाट पनि पटकपटक पहल भएका छन् । साथै, धेरैपटक समिति र अर्थ मन्त्रालय बीच पनि छलफल हुँदै आएको छ । तर पनि रकम निकासी भएको छैन ।

Advertisement
Advertisement

कोरोना बीमामा बीमाक्षेत्रको दायित्व जम्मा दायित्व ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसमा बीमा समितिले १ अर्ब, नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब र २० निर्जीवन बीमा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ गरेर त्यो बराबरको भुक्तानी बीमाक्षेत्रबाट नै हुने व्यवस्था छ ।, याे समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top