×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

एसएसबीको शृंखलाबद्ध ज्यादती कहिलेसम्म ?

१९ श्रावण २०७८

काठमाडौं : गत शुक्रबार महाकाली नदी पार गर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भए। उनी भेटिने नभेटिने कुनै टुंगो छैन। परिवारले भने कुशको शव बनाएर उनको अन्तिम संस्कार गरिसकेको छ। यता घटनाको सत्यतथ्य पत्ता लाउन नेपाल सरकारले छानबिन समिति बनाएको छ । समितिले के रिपोर्ट दिन्छ, हेर्न बाँकी छ। सो घटनाबारे अहिलेसम्म सरकारले आधिकारिक रूपमा कुनै धारणा राखेको छैन।

एसएसबीले नेपाली नागरिकको ज्यान लिएको वा नेपालीमाथि ज्यादती गरेको यो नै पहिलो घटना भने होइन। २०७३ फागुनमा कञ्चनपुरको सीमाक्षेत्र पुनर्वासमा कल्भर्ट निर्माणबारे भएको विवादमा पनि एसएसबीले गोली चलाउँदा गोविन्द गौतमको ज्यान गएको थियो। २०४० भदौ ३० मा करिब एक दर्जन भारतीय प्रहरीले अवैध रूपमा नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरी दुईजनालाई गोली हानी हत्या गरेका थिए। सो आक्रमणमा परी केही घाइते पनि भए। त्यसको भोलिपल्ट ठूलो संख्यामा आएका भारतीय सुरक्षाकर्मीले नेपालीको बस्तीमा पसेर सरसमान लुटेको त्यतिबेला प्रकाशित नेपाली अखबारहरूले लेखेका छन्। सो घटनाबारे नेपाल सरकारले भारत सरकारसमक्ष कडा विरोध जनाएको थियो। २०४४ मंसिर २८ गते भारतीय प्रहरीको जत्थाले गोरखाल्यान्डका आन्दोलनकारीलाई कारबाही गर्ने बहानामा इलामको सीमावर्ती गाउँ माने भन्ज्याङमा लुटपाट गरी कैयौं घरमा आगजनी गरेको थियो।

Advertisement

सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट हुने यस्ता ज्यादतीका घटना अझै रोकिएको छैन। यस्तो कहिलेसम्म रहने हो, त्यसको पनि कुनै टुंगो छैन। २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी गरिरहेका बेला एसएसबीले कञ्चनपुरको पुनर्वास क्षेत्रमा नेपाली पक्षले जंगली जनावर नियन्त्रणका लागि लगाएको तारबार उखेलेर फालिदिएको थियो।

२०७५ साउनमा कैलालीमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी नागरिकका गुनासा सुन्न जिल्लाको हसुलिया पुग्दा त्यहाँका स्थानीयको मुख्य गुनासो भनेकै भारतीय सुरक्षा निकायले गर्ने दुव्र्यवहारबारे थियो। गत वर्ष बाराको विश्रामपुरमा खेतमा काम गर्न गएका नेपालीमाथि एसएसबीले कुटपिट गरेको थियो। हालैका वर्षहरूमा पूर्वी पहाडी जिल्ला इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा घुम्न जाने पर्यटकमाथि पनि एसएसबीले ज्यादती गर्ने, नेपाली भूभागमा समेत संरचना बनाउन नदिने गरेको थियो। रोजगारीका सिलसिलामा भारत पुगेर फर्किने क्रममा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट लुटिने नेपालीको त कुनै लेखाजोखा नै छैन।

Advertisement

भारतीय एसएसबीको लोगोमा चारतिर फर्किएको सिंहमुनि ‘सत्यमेव जयते’ लेखिएको छ। उक्त लोगोमा थप लेखिएको छ, ‘सेवा, सुरक्षा, बन्धुत्व’। सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको व्यवहार हेर्दा उनीहरूले शिरमा लगाइरहेको लोगोमा उल्लेख भएका शब्दहरूले उनीहरू स्वयंलाई नै गिज्याइरहेको अनुभूति हुन्छ। एउटा स्वतन्त्र देशका नागरिकमाथि अर्काे देशका सुरक्षाकर्मीबाट निरन्तर भइरहेको दुव्र्यवहार र ज्यादतीले उनीहरूको प्रतीक चिह्नमा उल्लेख गरिएको ‘सत्यमेव जयते’ र लोगोमा उल्लेख गरिएको ‘सेवा, सुरक्षा र बन्धुत्व’लाई कतै पनि प्रतिनिधत्व गर्दैन। बरु प्रतीक चिह्नमा रहेको सिंहको जस्तो व्यवहार र भारतीय सुरक्षा निकायबाट असुरक्षित महसुस गर्नुपर्ने अवस्था मात्र होइन, बन्धुत्वको विपरीत दुस्मनको जस्तो व्यवहार सीमाक्षेत्रका नेपाली नागरिकहरूले सहनुपरिरहेको छ।, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top