उपल्लो थलोको उपल्लै व्यथा !

१८ साउन ७८, मंगलबार

काठमाडौं : गायक प्रकाश सपुतले नयाँ गीत बनाएका छन्, ‘मेरो पनि हैन र रु यो देश’। यो गीत जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन्, उनीहरूप्रति समर्पित छ। गोरखाको उत्तरी भेगवासीले यो गीत सुन्न नपाएका पनि हुन सक्छन्। तर, गीतले भनेझैं अनागरिकजस्तो भएर बाँच्नुको पीडा कम दर्दनाक छैन।

चुमनुब्री गाउँपालिका–७ का नौ टोलका २ सय ४२ घरमा घरैपिच्छे बिरामी छन्। लक्षण कोरोनासँग मिल्दोजुल्दो छ। गाउँको स्वास्थ्य चौकीले उपचार गर्न सकेको छैन। बिरामीलाई धमाधम सदरमुकाम वा काठमाडौं लैजानुपर्ने अवस्था छ। तर, बाटो अवरुद्ध हुँदा घरेलु उपचार गराउँदै घरमै बस्न बाध्य रहेको वडाध्यक्ष पासाङ फुन्जो लामा बताउँछन्।

‘ज्वरो आउने, खोकी लाग्ने, ज्यान दुख्ने, रिंगटा लाग्ने व्यथाले म पनि सिकिस्त छु। गाउँभरि यस्तै छ’, वडाध्यक्ष लामा भन्छन्, ‘गहुँ काट्न मारामार छ। हेल्थ पोस्टका कर्मचारी पनि

Advertisement

मेलापातमा छन्। उपचार गर्न सदरमुकाम जान पाँच–६ दिन पैदल हिँड्नुपर्छ। बूढीगण्डकीले बगाएर बाटो छैन भन्छन्। हेलिकप्टर चार्टर गर्न खर्च छैन। बिजोग छ।’

वडा नम्बर २ मा खाद्यान्न सकिएको धेरै भयो। विगतमा चीनको तिब्बतबाट ल्याउने गरिएकामा दुई वर्षदेखि नाका ठप्प छ। सदरमुकामबाट लैजान बाढीपहिरोले दुई महिनादेखि बाटो अवरुद्ध छ। ‘गाउँमा समस्या छ। खै कसलाई भनौं रु जनप्रतिनिधि भएर पनि गुनासो गर्‍यो भन्लान्, लाज होला। बेथा कसलाई सुनाऔं रु’, वडाध्यक्ष पेम्बा रेता लामा भन्छन्, ‘राहत कोसित मागौं। राहतले पनि कति दिन टर्छ र ?’, याे समाचार अन्नपूर्ण दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top