इटहरीको बजेट रु एक अर्ब ५० करोड

२२ असार ७५, शुक्रबार

इटहरी, असार २२

Advertisement

इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी आव २०७५÷०७६ का लागि प्रस्तुत बजेटका विषयमा उपमहानगरपालिकामा रहेका २० वटै वडालाई कम्तीमा सरदर न्यूनतम रु ७० लाखदेखि एक करोड बढीको विकास बजेट पर्ने गरी सबै वडाका जनप्रतिनिधिसँग परामर्श र छलफल गरेर बजेट ल्याएका छौँ भने।

पत्रकार सम्मेलनमा बजेट नीति तथा कार्यक्रमसम्बन्धी समितिको संयोजकसमेत रहेकी उपप्रमुख लक्ष्मी गौतमले बजेटका विषयमा थप जानकारी दिँदै उपमहानगरले केही इटहरी गौरवका योेजना समेत ल्याएको जानकारी दिइन् । पहिला प्रस्तुत बजेटमा संघ र प्रदेशबाट प्राप्त हुने सहयोग थपिएकाले बजेटको आकारसमेत परिमार्जन हुन गएको हो भनिन्।

Advertisement

उनले इटहरी गौरवका प्रस्ताविक कार्यक्रममध्ये उपमहानगर–५ मा सार्वजनिक पार्क, इटहरीको मुख्य चोक तथा त्यस आसपासमा सार्वजनिक शौचालय, उपयुक्त स्थानमा औद्योगिक ग्राम, आदिवासी जनजातिको संग्रहालय, पर्यटकीय क्षेत्र तालतलैयाको विकाससँगै आइतबारे प्रवेश मार्गमा रात्रिकालिन बजार चलाउने कार्यलाई यो बजेटले इटहरी गौरवको कार्यक्रमभित्र समेटेको उपप्रमुख गौतमले प्रष्ट्याइन्।

कूल अनुमोदित बजेटमध्ये खर्चतर्फ २० दशमलव २८ प्रतिशत तथा पूँजीगत खर्चतर्फ कूल बजेटको ७९ दशमलव ३४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ० दशमलव ५ प्रतिशत विनियोजन गरेको पनि पत्रकार सम्मेलनमा थप जानकारी दिइएको छ । बजेटले भौतिक पूर्वाधारसँगै खेलकुद पत्रकारिता एवं मानवीय संशाधन विकासका लागि पनि उल्लेख्य बजेट व्यवस्था गरेको पनि उपप्रमुख गौतमले उल्लेख गरिन्।

Advertisement

बजेट निर्माणका क्रममा केही असहज परिस्थिति आउला कि भन्ने अवस्था देखिए पनि सबैको सहमति र सन्तुलित ढंगले आएको तथा केही वडालाई जनसंख्याको सघनतालाई दृष्टिगत गरेर अन्य वडाको भन्दा केही धेरै बजेट पर्न गएको पनि उनले स्पष्ट पारिन् । पत्रकार सम्मेलनमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत छवि रिजालले सञ्चार क्षेत्रले सम्पूर्ण नगरवासीलाई सचेत र सन्तुलित सूचना दिएर समग्र उपमहानगरको एकीकृत विकासमा महत्वपूर्ण योगदानमा सहभागी हुन नगरवासीमा उत्प्रेरणा जागृत गराउन आग्रह गरे ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top