संघीयताको विषयमा सरकार नै अनविज्ञ छ : रामनारायण बिडारी

१९ साउन, काठमाडाैँ ।

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको टिप्पणी गरेका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै उनले संघीयताबारे सरकार आफै अनविज्ञ रहेको दावी गरे ।

सांसद बिडारीले अहिलेको ‘ब्यूरोक्रेसी’समेत संघीयताको बारेमा जानकार नरहेको बताए । आफूले संघीयताको बारेमा पटक पटक भन्ने गरेको स्मरण गराउँदै उनले भने,“हाम्रो अहिलेको ब्यूरोक्रेसी, अहिले हाम्रो चलिरहेको सरकार संघीयताको बारेमा अनविज्ञ ।” संघीयताको बारेमा उसले जिन्दगीभर कुनै अभ्यास नगरेको, नपढेको हुनाले सरकार र मुलुकको ब्यूरोक्रेसी संघीयताको बारेमा अनविज्ञ रहेको सांसद बिडारीको तर्क छ । “अन्तको संघीयताको अभ्यास हाम्रोमा अभ्यास भएन । हाम्रो देशमा थिएन ।” सांसद बिडारीको प्रश्न थियो, “विचरा, सरकारको दिमागमा कसरी संघीयता छ भन्ने सोच आओस ?” कानुनका जानकार उनले नेपालमा कति वटा ऐन छन भन्ने कुरा नेपाल सरकारका पदाधिकारीलाई समेत थाहा नभएको जिकीर समेत गरे ।

बैठकमा राष्ट्रियसभाका अर्का सांसद राधेश्याम अधिकारीले प्रदेश र स्थानीय तहले पनि कानुन बनाउने भएकाले त्यसको अनुगमनको काम उनीहरु आफैले गर्ने भएकाले सो सम्बन्धमा संघीय कानुनको व्यवस्था गरिरहन नपर्ने बताए । समितिको बैठकमा “अनुगमन तथा मूल्यांकन विधेयक, २०७६” सम्बन्धमा छलफल भईरहेको थियो । सांसद अधिकारीले सो विधेयकका प्रस्तावनामा नै प्रदेश र स्थानीय सरकारले बनाएको कानुन समेत अनुगमन गर्ने भनि गरिएको व्यवस्था संघीयता अनुकूल नहुने भन्दै आपत्ति जनाए । उनले प्रदेश र स्थानीय सरकार आफैले आफ्नो कानुन बनाउने भएकाले संघीय कानुनमा ती कानुनहरुको अनुगमन गर्ने व्यवस्था गर्न नहुने तर्क समेत गरे ।

बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङले सो विधेयकको प्रस्तावनामा छिटो आफ्नो राय दिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग आग्रह गरेका थिए। संघ, प्रदेश तथा स्थानीय तहका विकास आयोजनाको अनुमगन तथा मूल्यांकन गर्न, अनुगमन तथा मूल्यांकनका आधार, चरण, मापदण्ड, अनुगमन मूल्यांकन गर्ने निकाय, राष्ट्रिय विकास समस्या समाधान समिति तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिसहितको कानुनी व्यवस्था गरी विकास पूर्वाधारहरुलाई उपलब्धिमूलक बनाउन अनुमगन तथा मूल्यांकन सम्बन्धि छुट्टै ऐनको आवश्यक्ता देखिएपछि सो विधेयक सरकारले ल्याएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top