जाजरकोटमा वडा अध्यक्षद्वारा स्थानीयमाथि कुटपिट, प्रहरीको रोहबरमा मिलापत्र !

२० साउन, जाजरकोट ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का अध्यक्ष धनबहादुर नेपालीले स्थानीयलाई कुटपिट गरेका छन्। वडा अध्यक्ष नेपालीले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Advertisement

उनले वडा कार्यालय परिसरमै स्थानीय सर्पे नेपालीलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको समयमा मदिरा सेवन गरी आएका स्थानीय नेपालीले अपशब्द बोल्दै ढुंगा प्रहार गर्न थालेकाले नियन्त्रणमा लिने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ।

प्रत्यक्षदर्शीले भने सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको बताएका छन् । मदिर खाएर हल्ला गरेपनि मुख्य विषय भने रकम अनियमितताको आरोप रहेको प्रत्यक्षदर्शीले बताए ।

Advertisement

वडाध्यक्ष नेपालीले गरेको गल्तिलाई प्रहरीकै सक्रियतामा ढाकछोप गरेको आरोप पनि लागेको छ । स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको छ ।

वडाध्यक्ष नेपाली भने सम्झाइबुझाइ गर्दा अटेर गरेपछि केही व्यक्तिले कुटपिट गरेको तर आफुले नकुटेको बताए । तर, भिडियोमा भने उनी आफैंंले कुटपिट गरेको देख्न सकिन्छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयले यसबारे पीडितको पक्षबाट उजुरी नआएको र आए छानबिन थालिने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top