ओमानमा हुने ट्राइ सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा, गुलशनलाई अवसर

२० साउन, काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी सीडब्लुसी लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणीय सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि १९ खेलाडी चयन गरेको छ ।

Advertisement

बुधबार क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बन्द प्रशिक्षणको सूची सार्बजनिक गरेका हुन् । प्रशिक्षणमा सहभागी हुने खेलाडीमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोम्पाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहोरा, साहब आलम, सुशान भारी, शरद भेस्वाकर, विक्रम सोब, पवन सराफ र रोहित पौडेल रहेका छन् ।

तीव्र गतिका बलर गुलशन झा भने पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका हुन् । गत फागुनमा भएको काठमाडौं मेयर्स कप एकदिवसिय प्रतियोगितामा गुलशनले खेल्दै राम्रो प्रभाव छाडेका थिए । फाइनलमा एपिएफलाई हराउँदै उपाधि जिताउन गुलशनले चार विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top