सरकारको साझा कार्यक्रममा राष्ट्रिय योजना आयोगको विचार समेटिने

२० साउन, काठमाडाैँ ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बिहान तेस्रो पटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रूप दिने भएको छ ।

सत्तारुढ गठबन्धनको कार्यक्रमलाई अन्तिम रूप दिन बिहीबार पुन बैठक बस्ने गरी सकिएको कार्यदलका सदस्य–सचिव केशवराज जोशीले जानकारी दिए। सरकारको नीति तथा कार्यक्रमका रुपमा समेत साझा कार्यक्रम आउने भएकाले आयोगको पनि विचार लिन लागिएको हो । बिहीबारको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने भएको छ ।

पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो । कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ । बिहीबार बिहान ९ः०० बजे फेरि कार्यदल बैठक बालुवाटारमा बस्ने जनाइएको छ ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ । शीर्ष नेतृत्वले पारित गरेको साझा कार्यक्रमका आधारमा सरकार सञ्चालन गरिने गठबन्धनले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top