व्यापार ठप्प भएपछि ठमेलका व्यवसायीले सरकार गुहारे

२० साउन ७८, बिहीबार

२० साउन, काठमाडौँ ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताएका छन् । उनले विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको हुनाले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताएका हुन् ।

त्यस्तै उनले ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेको बताए । १० हजार कोरोनाविद्धको भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर भ्याक्सिन लगाउने संघसंस्था अर्को कुनै नरहेको पनि उनले बताए । उपाध्यक्ष शर्माले भने, “ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले भ्याक्सिन लगाइसक्नुभएको छ । भ्याक्सिन लगाउन विभिन्न कारणले छुट्नुभयो, कोभिडको कारण, वा काठमाडौं भन्दा बाहिर जानुभयो वा अन्य कुराले बिरामी भएर भ्याक्सिन लगाउन पाउनुभएन, त्यो ५ प्रतिशत मात्रै होला । १० हजार भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर आजको दिनसम्म भ्याक्सिन लगाउने संघसंस्था भनेको हामी मात्रै हो, विदेशबाट आउँदा विदेशी पर्यटकहरुले भ्याक्सिन पनि लगाएर आउनुभएको छ, ७२ घण्टाअघि पीसीआर नेगेटिभ आएको छ भने उहाँहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्नुको कुनै अर्थ छैन ।”

कोरोनाको कारणले गर्दा व्यापार व्यवसाय ठप्प भएपछि कतिपय व्यवसायीहरुले आत्महत्या र कतिपय मानसिक रोगी बनेको समेत उनले उल्लेख गरे। साथै कतिपय व्यवसायीको लाइफस्टाइल १०० बाट १० प्रतिशत तिर गइरहेको उपाध्यक्ष शर्माले बताए ।

उनले एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक जाने हो भने सबै व्यवसायीको आत्मबल गिर्ने उल्लेख गरे। उपाध्यक्ष शर्माले भने, “सरकारले मौद्रिक नीतिका कुराहरु छिटो नै कार्यान्वयन गर्नुपर्छ । होइन भने एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक (बन्द) भएर बस्दै जाने हो भने कहिलेसम्म हामी यो अवस्थामा बस्न सक्छौँ त ? यसले भोलि हामीमा पनि आत्मबल गिर्छ, कति व्यवसायीक साथीहरुले सुसाइड (आत्महत्या) गरेको अवस्था छ, कति मानसिक रोगी भइसक्नुभएको छ । उहाँहरुलाई फाइनान्सियल टचर छँदैछ भने हिजोको लाइफ स्टाइल पनि आज घटेर १०० बाट १० प्रतिशतमा गइरहेको छ । त्यसैले यसलाई सहज बनाएर लैजाने बाहेक अर्को कुनै पनि विकल्प छैन ।”

पर्यटकलाई आह्वान गर्दा सरकारले पनि नेपालमा पर्यटन व्यवसायी र कर्मचारीहरु भ्याक्सिनेट भइसकेको र सबै सुरक्षित हुनुहुनेछ भन्ने सन्देश दिएर पर्यटक आह्वान गर्न आग्रह गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top