विमला वलीको आरोपबारे भूमिश्वरले भने- उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास लगेको हुँ

२१ साउन, काठमाडौं ।
नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीले जबरजस्ती मुख्यमन्त्री कार्यालय र्पुयाएर ५ दिनसम्म बन्धक बनाइएको भनेर लगाएको आरोप अस्वीकार गरेका छन् ।

ढकालले वलीकै प्रस्तावअनुसार आफूले उनलाई मुख्यमन्त्री निवासमा र्पुयाइएदिएको बताए । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालले बताएका हुन् ।

बिहीबार प्रदेशसभा सदस्य विमलाले बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास र्पुयाएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् ।

Advertisement

आरोपबारे ढकालले भने, ‘दाङमा स्थानीय साथीहरुले उहाँसँग कुराकानी गरिरहनुभएको थियो । उहाँले भूमिश्वरलाई बालाइदिनुस् भनेर खबर पठाउनुभयो । उहाँले बोलाएपछि म गएको हुँ । म हाँलाई भेट्न जाँदा स्थानीय साथीहरूलाई पनि लगेको थिएँ ।’

वलीले मुख्यमन्त्रीसँग भेट्ने चाहना राखेपछि आफूले वलीका दिदी र भिनाजुका भाइसहित गाडीमा लिएर आएको उनले बताए ।

ढकालले भने, ‘बच्चा हुन् र जबरजस्ति गर्नलाई ? उनको दिदी र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । आमासँग बिदा मागेर लुगा फेरिवरी आएकी हुन् । कहाँबाट आयो अपहरणको कुरा ?’

उनले चाँडै वलीको परिवारलाई पनि राखेर पत्रकार सम्मेलन गराउने प्रयास भइरहेको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top