×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पुनर्निर्माणका काम निर्धारित समयभित्रै सक्न विकास समितिको सरकारलाई निर्देशन

२१ श्रावण २०७८

२१ साउन, काठमाडाैँ ।

विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्य अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

Advertisement
Advertisement

समितिले २०७२ सालको महाभूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा तथा पूर्वाधारहरु पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ । समितिको निर्देशन सुनाउँदै समितिका सचिव ओमबहादुर कार्कीले पुनर्निर्माण गरिएका संरचनाहरुको संरक्षण दीगोपना, उपभोग, एवं मर्मत सम्भारको श्रोत सुनिश्तिताको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई समितिले निर्देशन दिएको बताए ।

उनले भने, “समितिले सम्पन्न हुन बाँकी रहेका पुनर्निर्माणका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न आवश्यक जनशक्ति र बजेटको व्यवस्थापनको कार्य तत्काल अगाडि बढाउन यो समिति नेपाल सरकार प्रधानमन्त्रधी तथा मन्त्री परिषद्को कार्यालय र अर्थमन्त्रालयलाई निर्देशन दिन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण गरिएका संरचनाहरुको संरक्षण दीगोपना, उपभोग, एवं मर्मत सम्भारको श्रोत सुनिश्तिता तर्फ सम्बन्धित निकायहरुको ध्यान जान जरुरी छ । यसको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई निर्देशन दिन्छ ।”

भूकम्पले भत्किएका ५८६ सम्पदाहरुको निर्माण सम्पन्न

त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्था मध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गा लगायतका कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको बताए । चालु आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिने उनले बताए ।

त्यस्तै सरकारी एवं सुरक्षा निकायका भवनहरुमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको उनले बताए । सुरक्षा निकायका भने २१६ वटामा सबै निर्माण सम्पन्न भएको छ । त्यस्तै पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण ९२० वटा गर्नुपर्नेमा ५८६ वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरुको पुनर्निर्माणमा १ हजार २९७ गर्नुपर्नेमा ३७३ वटा निर्माण सम्पन्न भइसकेको उनले बताए । त्यस्तै सडक तथा खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ । त्यस्तै शिक्षण संस्थाहरुको पुनर्निर्माणमा ७ हजार ५५३ वटा रहेकोमा ६ हजार ६४७ वटा सकिएको छ ।

उनले भने, १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्था मध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गा लगायतका कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको छ, चालु आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिन्छ, सरकारी एवं सुरक्षा निकायका भवनहरुमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको छ, सुरक्षा निकायका भने २१६ वटामा सबै निर्माण सम्पन्न भएको छ, पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण ९२० वटा गर्नुपर्नेमा ५८६ वटाको निर्माण सम्पन्न भइसकेको छ, पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरुको पुनर्निर्माणमा १ हजार २९७ गर्नुपर्नेमा ३७३ वटा निर्माण सम्पन्न भइसकेको छ, सडक तथा खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ,शिक्षण संस्थाहरुको पुनर्निर्माणमा ७ हजार ५५३ वटा रहेकोमा ६ हजार ६४७ वटा सकिएको छ ।

Advertisement

उनले बजेटको कारण केही कामहरु ढिला भइरहेको समेत उल्लेख गरे ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top