डुङ्गा दुर्घटनामा सातको मृत्यु, करिब ५० बेपत्ता

२१ असार ७५, शुक्रबार

बैंकक, असार २२

दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् । थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले शुक्रबार सो जानकारी दिएको बैंककबाट प्राप्त समाचारमा जनाइएको छ । करिब १४८ जना व्यक्ति सवार रहेका यस डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ । यस दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

बिहीबार भएको यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु भएको भने पुष्टि भएको छ । मृत्यु भएकामा प्रायः सबैजसो चिनियाँ पर्यटक भएको बताइएको छ । हराएकामा पनि धेरैजसो चिनियाँ पर्यटक परेका प्राप्त समाचारमा जनाइएको छ । दुर्घटनाग्रस्त भएको सो डुङ्गाबाट उद्धार गरिएका ९४ जना यात्रुमा ७६ जना चिनियाँ पर्यटक रहेका छन् ।

Advertisement

सो डुङ्गमा धेरैजसो चिनियाँ नागरिक रहेको पुष्टि सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले गरेका छन्। यस दुर्घटनामा घाइते भएका ११ व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । हराएकाको खोजी तिब्र गतिमा भएको र यस कार्यको लागि थाइ प्रहरी, सैनिक, नौसना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाई सरकारी स्रोतले जानकारी दिएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top