उज्यालो हुँदै काठमाडौँका मुख्य सडक

२१ साउन ७८, शुक्रबार

२२ साउन, काठमाडौँ।

काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए ।

“अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगामी दशैँलाई लक्षित गरी काम अघि बढाइएको छ”, प्रमुख थापाले भने । धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा यसअघि देखि नै सक्रिय रहेको भन्दै कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन लागिएको उनले भने ।

Advertisement

यस आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्नेछ । सुरुमा बत्ती जडान कार्य अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, बानेश्वर र कलङ्कीमा गरिनेछ । त्यसैगरी त्रिपुरेश्वरदेखि लैनचौर हुँदै महाराजगञ्जसम्म बत्ती जडान गरिनेछ । गौशाला–चावहिल बौद्ध हुँदै अन्य मुख्य सडक छेउछाउमा उक्त कार्य सम्पन्न गर्ने कामपाको तयारी रहेको छ ।

बत्ती जडान कार्य सम्पन्न भएसँगै रातको समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजुलगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्तरूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरु घटिरहेका छन् ।रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top