लामखुट्टे धपाउन बालिएको धूपबाट आगलागी

२२ साउन ७८, शुक्रबार

२२ साउन, वीरगञ्ज ।

Advertisement

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बैरियामा लामखुट्टे धपाउन बालिएको धूपबाट आगलागी भएकाे छ । शुक्रवार बिहान बैरियाका धुरन साह तेलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको हाे ।

आगलागीबाट प्रमिला देवी सामान्य घाइते भएको र उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको  स्थानीय सन्जीत कुमार यादवले बताए । आगलागीमा परेर एउटा भैँसी जलेर मृत्यु भएको र २ वटा भैँसी गम्भीर घाइते भएको पनि यादवले जनाए ।

Advertisement

आगलागीबाट ३ लाख बराबरको क्षति भएको र आगलागी स्थानीयको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा आएको यादवले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top