कोमल वलीको आक्रोश: तुइन काटेर युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ?

२२ साउन, काठमाडाैँ ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताइन् ।

उनले विपी कोईरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी हुन् । उनले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताइन् । उनले भनिन्– ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मारिदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो बिपीका अनुयायीहरुको चरित्र ? यो बिपी कोइरालाको अपमान हो । बिपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्ता माथिको अपमान हो । बिपीले बनाएको पार्टी कांग्रेसलाई विश्वास गर्ने नेपाली जनताको अपमान हो । यो इतिहासको अपमान हो । स्वाभिमानको अपमान हो । र मानवतावादको अपमान हो । देश, मानविय, जनताको इस्यूलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ? बिपीले त्यतिबेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो ? बिपीको नाम रहन्थ्यो ? समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कतिबेला कसको सरकार गिर्छ र पदमा बसौला भन्नेहरुबाट मुलुक कदापी चल्न सक्दैन । देशलाई पर्दा, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरुले मुलुकको रक्षा कदापी गर्न सक्दैनन् । जनताको सुरक्षा पनि हुन सक्दैन ।’

उनले नेकपा(माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले यस अघिको बैठकमा देशको यस्तो परिस्थिति आउनुमा सबै जिम्मेवार रहेको भनेको कुरालाई इंकित गर्दै डुंगामा प्वाल परिसकेपछि महशुस गर्नुले कुनै अर्थ नराख्ने बताइन् । उनले आफ्नै जहाजलाइृ डुबाउनेहरुबाट भविष्यमा अरु सुरक्षित हुन नसक्ने पनि बताइन् । उनले भनिन् – ‘एक जना आदरणिय नेता माननीयज्यूले यही सम्मानित सदनमा अहिलेको राजनीतिक परिस्थिति सिर्जना हुनुमा हामी सबै जिम्मेवार छौँ पनि भन्नुभयो । राम्रो कुरा । तर प्वाल परिसकेपछि अब त्यो प्वाल जोडिदैन भनिसकेपछि त्यसको महशुस, त्यसको स्वीकार्यताले के अर्थ राख्छ र ? अब बर्तमान र भावि पिढीले बुझ्नुपर्दछ एउटै पानिजहाजमा सयर गर्नेहरुलाई बिना विभेद जनताले विश्वास गरे, समर्थन गरे तिनीहरुले आफ्नै जहाजलाई प्वाल पारेर डुबाइसके भने अर्को जहाज डुबाउँदैनन् भन्ने के छ ? जहाज डुबाइसकेपछिको रियलाइजेशनको अर्थ हुन्छ र ?’

उनले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु निर्लज्जता भएको टिप्पणी गरिन् । वर्तमान सरकारले भोको पेटको दर्दलाई महशुस गर्न नसकेको उनले बताइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top