धर्मको नाममा मुर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले : रामनारायण बिडारी

२२ साउन, काठमाडौँ ।
राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रुपमा अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ति नियुक्तिहरु बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका हुन् । उनले भने – ‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस् अध्यादेशद्धारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतीद्धारा ति नियुक्तिहरु बदर गरेर ठिक बाटोमा, संविधानका बाटोमा फेरी कार्य गर्नुभनी निर्देशन पनि दिन सकौ ।’

उनले संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गरे । उनले भने – ‘संवैधानिक आयोग अपांग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो । संसदको गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अंगहरु निष्प्रभावि भयो । संविधान विरोधीहरु खुशी भए । नेपाल विरोधीहरु नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मुर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले ।’

उनले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिवहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गरे । वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुननहुने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top