ओली पक्षले भन्यो- पार्टीका नियमित काम रोकिँदैनन्

२२ साउन ७८, शुक्रबार
Share this
779shares

२२ साउन, काठमाडौं ।
नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले माधव नेपाल पक्षले रोक्नु भन्दैमा पार्टीका गतिविधि नरोकिने प्रष्ट बताएका छन् ।

Advertisement

नेपाल पक्षले सदस्यता नवीकरण लगायतका काम रोक्न आग्रह गर्दै आएको छ। तर केपी ओली पक्षले भने शुक्रबारदेखि विधान संशोधनबारे छलफल थालेको छ । ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्र्णय त्यसअघि नै गरिसकेको छ ।

शुक्रबार विधान महाधिवेशनबाट संशोधन गर्ने विधानका विषय छलफल गर्न आयोजित बैठकपछि सञ्चारकर्मीसँग ज्ञवालीले भने, ‘पार्टीका नियमित कामहरु अगाडि बढ्छन्। छलफल पनि चलिरहन्छन्।’

Advertisement

उनले छलफलको नाममा आफूहरु अनन्तसम्म पार्टी कामलाई रोक्ने, पार्टी गत्यावरोधमा जाने, स्थानीय चुनाव नजिक आउन थालिसकेकाले त्यसबारेमा कुनै पनि तयारी नहुने, पार्टीको महाधिवेशन गर्नुपर्ने समय नजिक आइसकेकाले त्यसको बारेमा कुनै पनि तयारी नहुने कुराको पक्षमा नरहेको बताए।

उनले भने, ‘सत्तापक्ष आक्रामक रुपमा प्रस्तुत भयो। हुन थालिसक्यो। जनतासँग जोडिएको महत्त्वपूर्ण विषयहरुलाई उल्ट्याउन थाल्यो या विभिन्न खालका जनविरोधी क्रियाकलाप सुरु गर्न थाल्यो। त्यस्तो बेलामा प्रमुख प्रतिपक्षलाई कुनै पनि गतिविधि गर्न नदिइकन हातखुट्टा बाँधेर बस भन्ने कुराचाहिँ नेकपा एमालेको हितको सुझाव होइन। नेकपा एमालेको हितमा नभएको सुझावहरु स्वीकार्य हुने कुरा भएन ।’

Advertisement

बैठकमा स्थायी कमिटीका सबै सदस्यहरु, विधान संशोधनका निम्ति बनेको समिति, राजनीतिक प्रस्तावसँग सम्बन्धित समिति, प्रदेशका अध्यक्षहरु र संगठन विभागका सदस्यहरु लगायतको उपस्थिति थियो। शुक्रबारको बैठकमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको र त्यसमा आधारित भएर केन्द्रीय कमिटीले प्रस्ताव तयार गर्ने ज्ञवालीको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top