माइतीघर मण्डलामा लगाएको निषेधाज्ञ तत्काल कर्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

विराटनगर,असार २२
माइतीघर मण्डलामा सभा, जुलुस तथा विरोध प्रदर्शन गर्न सरकारले लगाएको निषेधाज्ञ तत्काल कार्यान्वन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले शुक्रबार दिउँसो असार २९ गतेसम्मका लागि निषेधाज्ञको आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने मौलिक हक हनन भएको भन्दै हिजो बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चले २९ गते दुवै पक्षलाई छलफलका लागि झिकाएइको छ ।