मेसी पीएसजी जाने, औपचारिक घोषणा हुन बाँकी !

२३ साउन ७८, शनिबार

२३ साउन, एजेन्सी ।
अर्जेन्टाइन फर्वार्ड लियोनल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन्।

Advertisement

स्पेनिस खेलकुद पत्रिका मार्काले क्याटलान क्लब बार्सिलोनाले बिहीबार आर्थिक र संरचनागत अवरोधले मेसीसँग नयाँ सम्झौता हुन नसकेको जानकारी दिएपछि शुक्रबार कतारका अमिरका भाइले अर्जेन्टाइन स्टारले पीएसजीका लागि हस्ताक्षर गर्न लागेको जनाकारी दिएको उल्लेख गरेको छ।

फुटबल क्लब पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल–थानीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मेसीसँग कुराकानी पूरा भएको र चाँडै यसबारे औपचारिक घोषणा हुने दाबी गरेका छन्। अल–थानीले ट्विटरमा लेखेका छन्, ‘आधिकारिक रुपमा कुराकानी समाप्त भएको छ, पछि मेसीको घोषणा हुनेछ।’

Advertisement

च्याम्पियन्स लिग ट्रफिको प्रतिक्षामा रहेको पीएसजीमा अब सर्जियो रामोस र मेसीले आठौं ट्रफी पार्सदेश प्रिन्सेस ड्रेसिङ रुममा ल्याउने अपेक्षा गरिएको मार्काले उल्लेख गरेको छ।

विश्व चर्चित खेलाडीहरु क्लबमा भित्र्याएपनि पीएसजीले अहिलेसम्म च्याम्पिएन्स लिगको उपाधी उचाल्न सकेको छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top