नेपाल पक्षकाे पिपुल्स भोलेन्टियर्सले गर्याे शिक्षण अस्पतालमा सरसफाई

२२ साउन ७८, शनिबार

२३ साउन, काठमाडाैँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आवद्ध युवा संघ नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ । ‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तगत पिभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाई अभियान संचालन गरेको हो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाई गर्ने अभियान अन्तरगत आफूहरुले त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट सफाई अभियान सुरु गरेको पिभीका इन्चार्ज सञ्जीव राईले जानकारी दिए । उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको फोहोरमैला हटाउन यस अभियान सूरु गरिएको हो । यसले राजनीतिक क्षेत्रमा वितृष्णा राख्ने, बार्दलीमा बसेको फोहोर गर्ने अनि अरुलाई गाली गर्ने युवाहरुको मनोरोग र गलत प्रवृत्तिलाई अन्त्य गर्न पनि ठूलो सघाउ पु¥याउने विश्वास लिइएको छ ।’

 

पिभीले यो अभियान सबै स्थानीय तह र सबै प्रदेशमा संचालन गर्ने योजना समेत तय गरेको छ । महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाई गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाई गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पु¥याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताए। अभियानमा असंगठित अवस्थामा रहेका युवाहरुलाई पनि स्वयमसेवी रुपमा परिचालन गरिनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top