राष्ट्रसङ्घीय सुरक्षा परिषद्वारा पाकिस्तानमा भएको हिंसाको निन्दा

२३ साउन ७८, शनिबार
Share this
782shares

२३ साउन, एजेन्सी ।

Advertisement

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ । परिषद्ले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतङ्कवादी हमला भएको बताएको छ ।

पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा सो आतङ्ककारी हमला भएको थियो । त्यस आक्रमणमा परेर नौ जना चिनियाँ नागरिक र तीन जना पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।

Advertisement

गएको जुलाई १४ मा भएको सो आतङ्ककारी हमला मानवता विरुद्धको अपराध भएको भन्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले त्यस हिंसात्मक हमलामा संलग्न भएका जो सुकैलाई भएपनि कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्वारा जारी भएको विज्ञप्तिमा दोषीलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने मागगर्दै यस्ता हिंसात्मक कार्यले कसैको पनि माग पूरा नहुने बताइएको छ ।

Advertisement

विज्ञप्तिमा सो हमलामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्ति गरिएको छ र उनीहरुका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top