बागमतीमा ३६ वटा प्रहरी भवन निर्माण

२३ साउन ७८, आइतबार

२३ साउन,मकवानपुर ।

वाग्मती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो । उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत गतिमा भइरहेको बताइएको छ । बाँकी कार्यालयको भवन निमार्ण जारी रहेको र यसको ९० प्रतिशत निर्माण पुरा भइसकेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । सो भवन रु ९३ करोड २२ लाख ७२ हजार को लगानीमा निर्माण गर्ने लक्ष्य छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखरेलले अघिल्लो आर्थिक वर्षसम्ममा प्रहरीको भवन निर्माणमा रु ५६ करोड ९७ लाख १६ हजार खर्च भएको थियो भने गत आर्थिक वर्षमा रु ३० करोड २५ लाख ५१ हजार खर्च भएको जानकारी दिए ।

यसैबीच उक्त मन्त्रालयले १३ कानूनको संशोधन गर्ने भएको जनाएको छ । उक्त कानूनको कार्यान्वयन र व्यवहारमा समस्या परेपछि संशोधन गर्न लागिएको बताइएको छ । मन्त्रालयका अनुसार प्रदेशस्तरको केही सार्वजनिक लिखत प्रमाणीकरण २०७४, कर तथा गैरकर राजस्वसम्बन्धी ऐन २०७५, प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५, प्रदेश सहकारी ऐन २०७६, प्रदेश राष्ट्रिय वन ऐन २०७६, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६, प्रदेश औधोगिक व्यवसाय ऐन २०७६, प्रदेश वातावरण ऐन २०७७, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश संस्था दर्ता ऐन २०७५ संशोधनको तयारीका अवस्थामा छ ।

त्यस्तैगरी प्रदेशसभाको पदाधिकरी तथा सदस्यको पारश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५, प्रदेश स्वास्थ्य सेवा ऐन ०७५ प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधनको तयारीमा रहेको मन्त्रालयका कानून अधिकृत मदन शिवाकोटीले जानकारी दिए ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top