रतुवामाई नगरपालिका खुल्ला दिसामुक्त नगर घोषणा हुँदै

२२ असार ७५, शुक्रबार
Share this
720shares

किशोर विश्वकर्मा
विराटनगर, असार २२
मोरङको रतुवामाई खुल्ला दिशा मुक्त नगर घोषणा हुने भएको छ । एक कार्यक्रमका बिच सो नगरपालिकालाई अगामि असार ३१ गते खुल्ला दिसामुक्त नगर घोषणा गर्न लागिएको हो ।

Advertisement

नगरपालिकाका मेयर रविन राईको अध्यक्षतामा बसेको नगर स्तरि खानेपानि, सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकले खुल्ला दिशा मुक्त नगर घोषणा गर्नका लागि आधारभुत कामहरु अन्तिम चरणमा पुगेको भन्दै आगामि असार ३१ गतेका दिन औपचारिक रुपमा नगरलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने निर्णय गरेको हो ।

१० वटा वडा रहेको सो नगरपालिकाका२, ३, ४, ५, ६, ७ नम्बर वडा निर्वाचित भएर आईसकेपछि खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको हो भने ८, ९ र १० नम्बर वडा जनप्रतिनिधि हुनुभन्दा अघिनै घोषणा गरिएको बैठकमा मेयर राईले जानकारी दिए ।

Advertisement

उनले वडा नम्बर १ बाहेक सम्पूर्ण बडाहरु खुल्ला दिशा मुक्त घोषणा भइसकेको र नगर घोषणाका लागि करिब ९५ प्रतिशत बढि आधारभुत काम सम्पन्न भईसकेकाले नगर घोषणा गर्न कुनै कठिनाई नरहेको बताए ।

उनले आगामि असार ३१ गते नगर घोषणा गरिएर मोरङका दक्षिणी स्थानिय तह मध्ये रतुवामाई नगरपालिका प्रथम हुने दावी गरे । रतुवामाई नगरपालिकाले खुल्ला दिसामुक्त नगर घोषणा गर्नका लागि आवश्य तयारि थालेको मेयर राईले जकनकारी दिए ।

Advertisement

त्यसका लागि शौचालय निर्माण गर्न बाँकि घरधुरिलाई तत्काल शौचालय निर्माण गर्न लगाउने र निर्माण नगरेको खण्डमा कारवाहि गरिने समेत मेयर राईकावे भनाई छ ।

हाल सो नगरपालिकाका ९५ प्रतिसत घरधुरिले शौचालय निर्माण गरेका छन् । नेपाल सरकारको निति अनुसार ९० प्रतिशत घरधुरिमा शौचालय भएको खण्डमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top