त्रिविकाे लापरबाही, स्वास्थ्य मापदण्ड पालनाबिनै ३ सिफ्टमा परीक्षा

२४ साउन ७८, सोमबार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ ।

Advertisement

त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन ।

त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्माले यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु त्रिविको गलत नियत भएको आरोप लगाउनुभयो । उहाँ भन्नुहुन्छ– ‘कि त स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी परीक्षा सञ्चालन गर्नुपर्‍यो, कि अनलाइन वा अन्य वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्नुपर्‍यो ।’

Advertisement

राजधानीकै सबैभन्दा धेरै परीक्षार्थी भएको पाटन क्याम्पसमा आइतबार ठूलै भीड थियो । काभ्रेको बनेपादेखि राजधानीका अधिकांश क्याम्पसका विद्यार्थीले भरिभराउ सो क्याम्पसमा हिजो आइतबार तीन सिफ्टमा परीक्षा सञ्चालन भएको थियो ।

क्याम्पस प्रमुख डा. लक्ष्मण सिंह कुँवरले बिहान ७ देखि ११, ११ देखि दिउँसो १ र दिउँसो १ देखि ४ बजेसम्म गरी ७ सय ५० जना विद्यार्थीले परीक्षा दिएको जानकारी दिनुभयो ।, याे समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top