कोभिड शिल्डको दोस्रो खोप पाएपछि ज्येष्ठ नागरिक खुशी

२५ साउन, काठमाडाैँ ।

Advertisement

ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको कोभिशिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । सोमबारबाट सरकारले कोभिड शिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो । कोरोनाविरुद्धको खोप लगाउन पुगेकी समाजसेवी भद्रकुमारी घलेले सरकारले बोलाइ–बोलाइ कोरोनाविरुद्धको खोप लगाउने अवसर प्रदान गरेकोमा आशिर्वाद दिनुपर्ने बताइन्।

Advertisement

उनले भनिन्, “हामी नसक्ने बुढाबुढीलाई बोलाइबोलाइ लाउन आइज भनेको छ, यस्तो सरकार आयो भने आशिर्वाद दिनुपर्छ, वास्तै गर्दैन भने के गर्नु ?”

Advertisement

त्यसैगरी कोरोनाविरुद्धको खोप लगाउन पुगेका हरिकृष्ण पन्तले वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप दिने व्यवस्था एकदमै राम्रो भएको बताए । उनले ढिलै भएपनि दोस्रो मात्राको खोप लगाउन पाएकोमा खुशी प्रकट गरे ।

उनले भने, “यो व्यवस्था असाध्यै राम्रो छ, ७५ वर्ष भन्दा माथिकालाई विशेष गरेर खोप लगाउने व्यवस्था असाध्यै राम्रो छ, ढिलै भएपनि दोस्रो खोप लगाएकोमा सरकारलाई धेरै धेरै धन्यवाद ।”

काठमाडौं जिल्लाका १४४ खोप केन्द्रमार्फत् कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top