लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

२५ साउन, काठमाडौं ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सोमबार एमाले नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले २७ गते बुधबारका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका हुन्।

Advertisement

आइतबार नै सर्वोच्चमा कानुन व्यवसायीले विशेष अधिवेशन रोक्न माग गर्दै रिट निवेदन पेश गरेको भएपनि सरोकारवाला नभएको भन्दै दरपिट भएको थियो।

बिहीबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए।

Advertisement

यसअघि गत मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित एक चौथाइ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको थियो।

लुम्बिनी प्रदेश सभामा ८० सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ३९ जना सांसद मात्रै छन्। विपक्ष गठबन्धनमा सभामुखसहित ४१ जना रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top