थप ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्‍यु

२५ साउन, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ ।

Advertisement

त्यस्तै कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ११५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top