×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

सडकदेखि सदनसम्म ओलीकै चर्चा छ: खिमलाल भट्टराई

२६ श्रावण २०७८

२६ साउन, काठमाडौँ ।
राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्री केपी ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भट्टराईले पूर्वप्रधानमन्त्री ओली सिंहदरबार छोडेर बालकोट गएपनि नेपाली राजनीति उनकै वरिपरी घुमेको दाबी गरे ।

सदनमा पनि ओलीकै चर्चा हुने गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार विस्तार हुन नसक्नुमा केपी ओलीकै फोबिया भएको बताए । उनले भने – ‘केपी ओली सिंहदरबार छोडेर, बालुवाटार छोडेर उहाँ बालकोट जानुभाको छ । तरपनि राजनीति चाहीँ उहाँकै वरिपरि घुमेजस्तो चाहीँ हामी देख्छौँ । सदनमा आउँदापनि उहाँकै चर्चा हुन्छ । सदनमा आउँदाखेरी कतिपय सत्तापक्षका माननीयहरुले उहाँको विरोधमा चर्चा गरिराख्नुभएको हुन्छ । आज सरकार बनिराखेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुको पछाडी पनि केपी ओलीकै फोबिया छ की भन्ने मलाई लाग्छ ।’

Advertisement
Advertisement

उनले गणतन्त्रको सम्बन्धमा केपी ओलीको निष्ठामाथि प्रहार गर्ने काम भएको बताए । राजतन्त्रको उन्मुलन, सामन्तवादको उन्मुलन, साम्राज्यवादी शोषणबाट देशलाई मुक्त गर्न र दलाल पुँजिवादबाट देशलाई मुक्त गर्न केपी ओली १४ वर्ष जेल बसेको र आफ्नो जीवन सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि व्यतित गरेको भन्दै ओलीको निष्ठामाथि प्रश्न नगर्न उनले आग्रह गरे ।

ओली गणतन्त्रको नेता भएको उनले बताए । उनले भने – ‘बाह्रबुदे समझदारीको ड्राफ्टमा हेर्नुभयो भने त्यहाँ को को नेताहरु संलग्न थियो ? त्यहाँ केपी ओली हुनुहुन्छ । आन्दोलनको कार्यसूची तय गर्ने कुरामा केपी ओली हुनुहुन्छ । र सडक आन्दोलनलाई अगाडी बढाउने कुरामा त्यसको अगुवाइ गर्ने कुरामा केपी ओली हुनुहुन्छ । यसहिसाबले कहाँको निष्ठामाथि प्रश्न छ ? गणतान्त्रिक आन्दोलनको नेता केपी ओली, सडक आन्दोलनको नेता केपी ओली, अनि केपी ओलीको निष्ठामाथि प्रहार गर्ने ? त्यो प्रश्न कसरी उठ्यो ? म यसप्रति निन्दा व्यक्त गर्न चाहान्छु ।’

कांग्रेस विचारशुन्य, माओवादी बैशाखीको खोजीमा
सांसद भट्टराईले नेपाली कांग्रेस पार्टी विचारशुन्य भएको टिप्पणी गरे । कांग्रेसले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शको मृत्यू भइसकेको उनले बताए । त्यसैगरी माओवादी आफ्नो तागतमा उभिन नसकेर बैशाखीको खोजी गर्दै हिडेको उनले जिकिर गरे ।

माओवादी आफ्नो अस्तित्व रक्षाको लागि कहिले एमाले र कहिले काँग्रेसको पछि लागेको उनले बताए । उनले भने – ‘बिचारधारात्मक हिसाबले भन्नुहुन्छ भने कांग्रेसको मृत्यू भएजस्तो हो । आज कांग्रेस प्रजातन्त्र विपीले जुन दृष्टिकोण अगाडी सार्नुभयो, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद यो कांग्रेसको विचारधारा हो । आदर्श हो भनेर भनियो । र आज विपी सँगसँगै यि सबै आदर्शहरुको मृत्यू भइसक्या स्थिति छ । कांग्रेस आज गुहिरोको काग भएको छ । माओवादीको हालत भन्ने हो भनेदेखि, माओवादी वैशाखीको खोजी गर्दै हिड्ने हो । माओवादी आफ्नो तागतमा आज उभिने त्यो साहस गर्न सक्दैन । आफ्नो तागतमा माओवादी उभिन सक्दैन । यो यथार्थ हो । कहिले एमालेको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्ने, कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्ने माओवादीको हालत यही हो । आफुलाई सबल बनाउन लाग्नुप¥यो । अरुको कद घटाउनतिर भन्दापनि आफुलाई बलियो बनाउनतिर लागियो भनिदेखि राजनीतिक दल बलिया भए भनिदेखि लोकतन्त्र संस्थागत हुन सक्दछ । लोकतन्त्र बलियो हुन सक्दछ ।’

उनले सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक हाम्रो हो भनेर भन्न नसकेको र त्यसलाई समस्याको रुपमा देखाएको बताए । वर्तमान सरकारले लिपुलेक, लिम्पियाधुराको विषयमा केही गर्न नसक्ने उनको भनाई छ । त्यस्तै सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग गठन गर्न नसक्ने र भुमि सम्बन्धी समस्याको समाधान पनि गर्न नसक्ने सांसद भट्टराईको दावी थियो ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top