एघार महिलामाथि यौन हिंसा गरेको आरोप लागेपछि न्यूयोर्कका गभर्नरले दिए राजीनामा

Share this
708shares

२७ साउन, एजेन्सी ।
यौन उत्पीडनको आरोप खेपेका न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले पदबाट राजीनामा दिएका छन् ।

Advertisement

११ जना प्रान्तीय सरकारका बहालवाला र पूर्व कर्मचारीहरुमाथि यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उनलाई राजीनामा गर्न दबाब आएको थियो। उनी अमेरिकी सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता हुन। त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले कुओमोले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

उनको राजीनामा १४ दिनपछि लागू हुने र न्यूयोर्कको गभर्नरको जिम्मेवारी क्याथे हकले सम्हाल्ने बीबीसीले जनाएको छ । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्नेछिन् ।

Advertisement

कुओमोले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन् । राजीनामा घोषणा गर्ने बेलामा पनि उनले आफूमाथि लागेका आरोप अस्वीकार गरे । तर पनि उनले भने, ‘अहिलेको मैले सहयोग गर्ने भनेको पछि हटेर नै हो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top