सिमकोट विमानस्थलमा सीता एयरको विमानकाे टायर ‘पन्चर्ड’, दुर्घटना हुनबाट बच्याे

२७ साउन ७८, बिहीबार

२७ साउन, हुम्ला।

Advertisement

सीता एयरको डोनियर जहाजको सिमकोट विमानस्थलमा टायर पन्चर्ड भएको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज अहिले बेलुका विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।

रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले बताए । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो । साे सीता एयरको नाईन.एन.एएचडी डोनिएर विमानमा सवार चालक दलका सदस्यहरु सकुशल रहेका छन् ।

Advertisement

विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षेति नभएको विमानास्थलले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top