व्यापार युद्धले कसैलाई फाइदा नगर्ने चिनियाँ प्रधानमन्त्रीको भनाई

व्यापार युद्धले कसैलाई फाइदा नगर्ने चिनियाँ प्रधानमन्त्रीको भनाई

सोफिया, असार २३

चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाईदा नहुने बताएका छन्। अमेरिकासँग व्यापारिक विवाद भइरहेका वेला प्रधानमन्त्री खछ्याङले शुक्रबार अमेरिकाप्रति नै लक्षित गरी यस्तो चेतावनी दिएका हुन्। “व्यापार युद्धले कुनै पक्षलाई पनि फाइदा हुदैन, बरु यसले स्वतन्त्र व्यापारलाई असर गर्छ, बहुआयामिक प्रभाव पार्छ,” उनले भने ।

सोफियामा भएको १६ युरोपेली संघ र दक्षिणपूर्वी तथा पूर्वी युरोपेली देशहरु (बाल्कन) को शिखर सम्मेलनमा उनले अमेरिकाप्रति असन्तुष्टी पनि व्यक्त गरे । “यदि कुनै देशले सीमा शुल्क बृद्धि गर्न चाहन्छ भने त्यसलाई चीनले त्यही तरिकाले प्रतिक्रिया जनाउने छ,” उनले भने ।

अमेरिका र चीनले जस्तालाई त्यस्तै भने झै एक अर्काको आयातमा सीमा शुल्क बृद्धि गरेका छन् । यसलाई विश्वमै अहिले सम्मकै सवै भन्दा ठुलो व्यापारिक युद्धका रुपमा लिइएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.