दैनिक दुई लाखलाई खोप लगाउने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

२८ साउन ७८, बिहीबार
Share this
668shares

२८ साउन, काठमाडौं ।

Advertisement

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने घोषणा गरेका छन्। प्रतिनिधि सभाकाे बिहीबारकाे बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप र नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकता दिएको बताए।

५ करोड ५० लाख खोप आवश्यक पर्ने भन्दै उनले पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलव्ध गराएको बताए। बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए। सरकारले खोप आयात बढाएको उनको भनाइ छ।

Advertisement

सरकारले अभियानको रुपमा दैनिक १ लाख देखि २ लाख खोप लगाउने कार्यक्रमको थालनी गरेको छ। असोज मसान्त सम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चत भएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम रहेको बताए।

धेरै संक्रमित रहेका १५/१६ जिल्लामा खोप पहिला दिइने उनले बताए। आगामी दिनमा सरकारले निजी क्षेत्रसँगको साझेदारीबाट खोप कार्यक्रमलाई अघि बढाउने उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top