अफगानिस्तान सरकारद्वारा सेना प्रमुख बर्खास्त

२७ साउन ७८, बिहीबार

२८ साउन, एजेन्सी ।

अफगानिस्तानको सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ । गत जुन महिनामा नियुक्त भएका सेना प्रमुख वली महम्मद अहमदजाइलाई सरकारले पदबाट बर्खास्त गरेको हो ।

अफगानिस्तानमा तालिवानले एकपछि अर्को सहर कब्जा गरिरहेको छ । त्यहाँको दोस्रो ठुलो सहर कान्दाहारको एउटा जेललाई तालिवानले कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको बीबीसीले उल्लेख गरेको छ ।

तालिबान र अफगानी सेनाबीचको लडाइँ जारी रहेकै बेला सरकारले सेना प्रमुखलाई नै बर्खास्त गरेको हो । तालिवानले अफगानिस्तानका ३४ मध्ये ९ वटा प्रान्तीय राजधानी कब्जा गरिसेको बताइएको छ ।

तालिवानले श्रृंखलाबद्धरुपमा अफगानिस्तानका प्रान्तीय राजधानीहरू कब्जा गर्दै हिंसा बढाइरहेको अवस्थामा सरकारले बुधवार सेना प्रमुखलाई नै बर्खास्त गरिदिएको हो ।

अमेरिकाले आफ्ना सेना फिर्ता बोलाएपछि तालिवानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिइरहेको छ । २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top